☰ open Loading... 24 February 2025|  

दैलेखमा थप १६ जनामा काेराेना संक्रमण
  | ७ श्रावण २०७७, बुधबार २०:३४

दैलेख, ७ साउन । दैलेखमा एकै दिन १६ जनामा कोरोना देखिएको छ । ठाटीकाँध गाउँपालिकाका १६ जनामा गरिएको परीक्षणमा ठाटीकाँधका शिक्षक, व्यापारी र एकजना कृषकलाई कोरोना पोजेटिभ देखिएको हो ।


कोरोना संक्रमण देखिनेहरुमा ठाटीकाँध गाउँपालिकाका दुईजना महिला र १४ जना पुरुष रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मिले जानकारी दिए ।

कोरोना पोजेटिभ देखिनेहरुमा कृष्ण माध्यामिक विद्यालयका दुई जना शिक्षक, प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा कार्यरत एक जना महिला कर्मचारी, कृष्ण माविमै कक्षा १२ मा अध्यनरत वडा नं।–२ का एक विद्यार्थी, वडा नं।–४ माझखर्कमा रहेको कृष्ण आधारभूत विद्यालयका प्रधानाध्यापक लगायत ठाटीकाँध बजारमा रहेका विभिन्न होटल व्यावसायी, कस्मेटिक व्यापारी, फुलफुल व्यापारी, एकजना कृषक, एभरेष्ट क्लबको समावेशी र दिगो ग्रामीण खानेपानी आपुर्ति सेवा परियोजनाकी एक महिला कर्मचारी लगायत १६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।


पछिल्लो समय लकडाउन खुलेसँगै हेलचेक्राई गर्दा समुदाय स्तरका कोरोना फैलिएको स्थानीयको गुनासो छ । उनीहरुलाई आईसोलेशनमा राख्ने तयारी भइरहेको ठाटीकाँध गाउँपालिकाले जानकारी दिएको छ । तर, दुई जना कोरोना परीक्षण गरेर सुर्खेत गएकाले उनीहरु बाटौमै रहेको बताइएको छ । जसले गर्दा थप समुदायमा कोरोना फैलनसक्ने खतरा देखिन्छ ।

कोरोना देखिनेमा सबै जसो गाउँमा भएका हुन् । भारत लगायतका अन्य मुलुकबाट गाउँ आएकाहरु परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएसँगै घर फर्किसकेको ठाटीकाँध गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख रविन्द्र भण्डारीले जानकारी दिए ।

उनले भने ‘करीब १५ जना जतिको कोरोना परीक्षण गर्दा नेगेटिभ आएको थियो । यस्तै यहाँ भन्दा पहिला पनि ४ जनामा कोरोना देखिएको र डिस्चार्ज भईसकेका छन्,’ भण्डारीले भने । अहिले क्वारेन्टाइन खाली अवस्थामा रहेका छन् ।