यामराज बिष्ट दैलेख । ढुङ्गाले च्यापेर ज्यान गुमाएका रेशम बहादुर विष्टका परिवारलाई आर्थिक सहयाेग गरिएकाे छ। नारायण नगरपालिकाका ११ बिन्ध्याबासीनी जुफियामा ढुङ्गाले च्यापेर ज्यान गुमाएका बिष्टका परिवारलाई स्वदेश तथा विदेशका युवायुवतीहरु र विभिन्न संघ स्वास्थाले १लाख ३९हजारआर्थिक रकम सहयाेग गरेका हुन् । मृतक बिष्टकाे साउन ९ गते मृत्यु भएकाे थियाे।
घरपरिवारलाई केही समस्या भएकोलेआर्थिक समस्याको मध्यनजर गर्दै सहयोग गरिएको हाे।
यस्तो दुखद अवस्थामा पठाएको रकमले ६२दिनकाे बालक सहित घर परिवारलाई हामीले गरेको केही सहयोगले घर परिवारलाई सहयोग हाेस भन्ने उदेश्यले सहयोग गरिएको सहयोगी मनहरुकाे भनाई छ।
मृतक बिष्टको पारिवारिक आर्थिक अवस्था कमजोरी भएकोले आर्थिक अभावको कारण घरपरिवार चलाउन निकै गाह्रो रहेको जनाईएको छ । यस्तो दुखद अवस्थामा परिवारलाई समस्या भएकोलेआर्थिक समस्याको मध्यनजर गर्दै सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुलाई समाजसेवी प्रेम बहादुर बिष्टले धन्यवाद दिए।मृतक बिष्टका ४छाेरा छन्।मृतक रेशम बहादुर बिष्ट नाैमुले गाउँपालिका७पैतिमा रहेकाे नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा डाँडागाउँमा प्राथमिक तहकाे स्थायी शिक्षककाे रुपमा अध्यापन गर्दैआएका थिए।
सहयोग गर्ने सहयोगी मनहरुकाे नाम