नवराज सुवेदी / बाँके । एका तिर महिलाहरुको पर्व हरितालिका तीज नजिकिदै छ । अर्को तिर भने कोरोना भाइरस (कोभिड–१९)को त्रास कायमै छ । यस्तो अवस्थामा पनि कलकारहरु भने गित संगितलाई निरन्तरता दिइ रहेका छन ।
महामारीको चपेटामा पनि केही तीज गितहरुभने बजारमा आउँन सफल भएका छन ।
कोरोनाको महामारी बचि पनि आएको आएको एउटा गित हो । ‘हो छम – छम, नाच हाम्री संगिनी’बोलको तीज गित । यो गितले भने यतिबेला बजारमा चर्चा कमाउन सफल भाको छ । गीतमा छुटै खालको मौलिकता भएकै कारण थुप्रै महिला दिही बहिनीहरुको ध्यान केन्द्रित गरेको हो ।
आफनो मौलिख संस्कृती र परम्परालाई झल्काउने उक्त गितले तीजमा आएर दिदी बहिनी भेटघाटको सम्झना र तिर्खा मेटाउने विश्वास लिइएको छ ।
संजु लम्सालको स्वर सजिएको उक्त गितको रेकर्डिङ्ग कमल थापा र अनील अधिकारीले गरेका छन भने मिक्सिङ्ग सुकुराम विश्वकर्माले गरेका हुन । मास्टरिङ्ग श्याम सोईत रसाईलीको छ भने उक्त भिडियोमा गायिका लम्साल र कलकार तथा मोडेल नन्दा बस्यालको प्रस्तुति रहेको छ ।
भिडियोको छायाङ्कन मधुर बस्नेतले गरेका छन भने उमेस गुरुङनको निर्देशन रहेको छ । मेकबहादुर थापाको सम्पादन रहेको उक्त गितलाई काजोल म्युजिकले प्रस्तुति गरेको हो।