☰ open Loading... 24 November 2024|  

नेपाल टेलिकमको कर्णाली प्रदेशको कार्यालय प्रदेश पाँच बाट संञ्चालित
  | २१ श्रावण २०७७, बुधबार १७:५८

 

साउन २२-नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय कर्णाली प्रदेशको कार्यालय लामो समय देखी बाँकेको नेपालगञ्जमा रहेको छ।प्रादेशिक संरचनामा देश गएपनि नेपाल टेलिकमको कार्यालय भने अझै प्रदेश पाँचमा रहेको छ।
टेलिकमले अहिले नेपालंगञ्जमा रहेर कर्णाली प्रदेशको बोड राखेर काम गरिरहेको छ।टेलिकमको प्रादेशिक कार्यालय अन्य प्रदेशमा हुदाँ सानो तिनो कामको लागी पनि धेरै समय लाग्ने गरेको छ।
प्रादेशिक कार्यालयले कर्णालीका १० जिल्लामा रहेका टेलिकमका बारेमा निति नियम बनाउने र प्रदेशमा रहेका टेलिकमका टावरहरुको मर्मत गर्ने गर्दछ।
तर अहिले आफ्नो प्रदेशमा कार्यालय नहुदाँ साना तिनाकाम गर्न नेपालगंज जानुपर्ने बाध्यता रहेको छ।
यता प्रादेशिक कार्यालयका प्रमुख अन्तप्रकाश मल्लीकले सुर्खेतमा कार्यालयको लागी आफ्नै भवन नुहदाँ र भाडामा उपयुक्त घर पाउन नस्कदा कार्यालय नेपालगंजमा रहेको बताउनुभयो।
उहाँले अव छिटै नै टेलिकम सुर्खेत रहेको भवमा मिलाएर भएपनि कार्यालय सार्ने तयारी भईरहेको बताउनुभयो।अहिले पाँच नम्बर प्रदेश हेर्ने टेलिकमका दुईवटा प्रादेशिक कार्यालय भैरवा र नेपालगंज रहेका छन।