दैलेख –सिमा, दैलेख र कालिकोटको । महावु जहाँ आखाँले नथाक्ने हरियो पाटन । पाटनमा रंगीचगी फुलहरु । सानो मौसमी खोला, पाटनमै ताल । शिवजीको दर्शन गर्न वर्षमा एक पटक महावुमा पुग्नेहरुको लर्को लाग्ने गर्दछ ।
महावु जगन्नाथको दर्शन गर्न हजारौंको संख्यामा भत्तजनहरु पुग्छन् वर्षेनी । जगन्नाथको दर्शनका लागि दशौं हजार तिर्थालुहरु कष्टकर ब्यहोरेर कैयौं डाँडाँपाखा र भिरहरु छिचोलेर पुग्ने गर्छन् महावु ।
नाक ठोक्किने भिरहरु काटेर तिर्थालुहरु महावु जगन्नाथको पुजाआर्जाका लागि पुग्ने गर्दछन् । १६ घण्टा पैदलमा तिर्थालुहरु कष्टकर यात्रा भरेर जाने छन् धेरै तिर्थालु । अचेल महावु नजिकसम्म गाडी भाडामा लिएर केही तिर्थालु पुग्ने पनि गरेका छन् । महावु जगन्नाथ पुगेपछि मानसरोवरजतिकै महत्व हुने जनविश्वास तिर्थालुहरुको रहेको छ ।
यहाँ आएर महिलाहरुले पुजाअर्जना गरेर फर्केका तिर्थालुसंग बर मागेर पुग्ने विश्वास भएकाले धेरै महिलाहरु आउने गरेको महावु विकास संरक्षण तथा प्रवर्धन समितिका अध्यक्ष सावित्री रेग्मीले बताईन् ।
विशेष गरी दैलेख र कालिकोटका तिर्थालुहरु बढी आउने गरेका छन् । तर, भारत र देशभरबाट पनि प्रचारप्रसार बढेसंगै दर्शनका लागि तिर्थालुहरु आउने गर्दछन् । वर्षको एक पटक गरिने शिव लिङ्गको पुजा गरे मनले सोचेको पुरा हुने धार्मीक विश्वासका कारण कष्टकर यात्रा गरेर भक्तजनहरु पुग्ने गरेका हुन् ।
पाटनभरि विहानै ४ बजेदेखी साँझ ५ बजेसम्म तिर्थालुहरु भरिभराउ पुजा अर्चनाका लागि पुग्छन् । महावु धार्मीक हिसावले पवित्र र मनले सोचेको पुरा हुने भएकाले आफुहरु प्रत्येक वर्ष यहाँ आउने गरेको दैलेख सदरमुकामका स्थानीय ब्यवसायी राजकुमार श्रेष्ठले बताए । शिवलिङ्ग पुजा र बर माग्नका लागि तिर्थालुहरु भिन्दाभिन्दै ठाँउमा जाने गर्दछन् ।
शिव लिंक नजिक महिलाहरु जान नहुँने पुरानो जनकथनका कारण महिलाहरुले हेर्न नमिल्ने र अलगै बसेर बर माग्ने चलन रहेको महावुबारे जानकार विशाल सुनारले बताए । बर (भक्कल गने) महिलाहरुको पाटन नजिक छुटटै लाईनमा बस्ने गर्दछन् ।
विशेषत महिलाहरु लाईनमा बस्ने र शिवको पुजा गरेर फर्केकाहरुले उनीहरुलाई फुल दिएर मनले चिताएको पुरा होस् भनेर बर दिने चलन सदियौंदेखी चलिआएको छ ।
बर माग्नेले बर दिनेहरुलाई खानेकुरा दिने प्रचलन हिजोआज पनि उत्तिकै चलिरहेको छ । दैलेख सदरमुकाम हुँदै जाने भक्तजनहरु एक रात भवानी वा उनपाटामा बास बसेर विहान कम्तिमा ३ घण्टाको उकालोपछि महावुलेकस्थित शिवलिङ्गको पुजा र दर्शनका लागि पुगिन्छ । यो वर्ष प्रदेश सरकार तथा संघबाट पदयात्राका लागि बाटो निर्माण गरिएको छ ।
सवैलाई सहज होस् भनेर महावु गाउँपालिकाले प्रदेश सरकारसंग समन्वय गरेर पदयात्राका लागि बाटो निर्माण गरेको महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए ।
महावुको पर्यटन विकासका लागि गुरुयोजना बनाएर सवैको ध्यानआर्कषण गर्ने यहाँ आउने पर्यटनहरुको ब्यवस्थापनका लागि आवश्यक सहयोग गर्ने अध्यक्ष शाहीको भनाई छ ।
सरकारले महावुको विकासका लागि आवश्यक योजनासहित बजेट विनियोजन गरे, गर्मीमा गर्मी छल्नदेखी हिउँदमा हिउँ खेल्न पर्यटकहरुको घुईचो लाग्ने स्थानीयहरुको भनाई छ ।
महावु पाटनमा धर्मशाला बनाएपनि वरपर मावन बस्ती छैन् । प्राकृतिकप्रेमीहरुका लागि स्वर्गीय ठाउँ आफै छ तर, धार्मीक महत्वका दृष्टीले समेत पवित्र स्थलमा रुपमा महावु पाटन रहेको छ ।