☰ open Loading... 5 November 2025|  

काेराेना देखिएपछि राष्ट्रिय वाणिज्य बैंक सिल
  | २६ श्रावण २०७७, सोमबार १७:१३

 

 

 

 

दैलेख । दैलेखकाे राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना देखिए पछि बैंक सिल गरिएको छ । सोमबार गरिएको परीक्षणमा नारायण नगरपालिकाका १४ जना र भैरवीका ३ जनालाइ कोरोना पोजेटिभ हाे । सोमबार परीक्षणको क्रममा बैंकका एक जनामा कोरोना देखिएपछि बैंकको काम प्रभावित भएको हो । कोरोना पोजेटिभ देखिएसँगै वाणिज्य बैंक देलख शाखा अनिश्चितकालको लागि बन्द गरिएको छ ।

बैंकमा कार्यरत १३ जना कर्मचारिहरूमा गरिएको पिसिआर परीक्षणमा एक कर्मचारीमा कोरोना पोजेटिभ भेटिएसँगै बैंकले अन्य कर्मचारीलगायत सेवाग्राहिहरूमा संक्रमण फैलन नदिनका लागि बैंकका सम्पूर्ण सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको शाखा प्रबन्धक चेतन कुमार बिसीले जानकारी दिए ।

समुदायमा परीक्षण गरिएको ३८ जना मध्ये १७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यलय दैलेखका खोप अधिकृत थीरप्रसाद रेग्मीले बताए ।काेराेना पाेजेटिभ देखिएकालाई अहिले आइसाेलेसनमा राखिएको छ।