कालिकोट – जिल्लाको नरहरीजनाथ गाँउपालिका वडा नं. १ लालिघाट बजारमा भएको टिप्पर दुर्घटनाका पीडितहरुलाई कांग्रेस नेता भुपेन्द्रजंग शाहीले राहत बितरण गरेका छन् । नेपाली कांग्रेस कालिकोटका युवा नेता तथा २०७४ सालको मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्बाचनका पराजित उम्मेद्वार भुपेन्द्रजंग शाहीले लालिघाट टिप्पर दुर्घटनामा ज्यान गुमाएका तथा घाईते भएका परिवारहरुलाई राहत बाँडेका हुन् ।
नेता शाहीले व्यक्तिगत रुपमा गत जेठ २८ गते लालिघाटमा भएको टिप्पर दुर्घटनामा ज्यान गुमाएका र घाईते भएका व्यक्तिका परिवारजनहरुलाई प्रति परिवार पाँच हजार नगद, मास्क, सेनिटराईज, तेल, साबुन दुर्घटनामा बाँच्न सफल भएका पाँच महिनाका बालक देवराज सार्कीलाई कपडा, हर्लिक्स लगायतका दैनिक उपभोग्य बस्तुहरु बितरण गरेका छन् । लालिघाट टिप्पर दुर्घटनामा ज्यान गुमाएका पाँच जनाका परिवार र घाईते १० जनाको परिवारहरुलाई राहत बितरण गरिएको हो । कार्यक्रममा कांग्रेस युवा नेता शाहीले आफु चुनाबमा दुइ पटक पराजित भयपनि मानवियताका हिसावले व्यक्तिगत रुपमा टिप्पर दुर्घटनाका परिवारहरुलाई सानो सहयोग गरिएको बताए । उनले सरकारकै लाप्रबाहीमा भएको दुर्घटनामा स्थानिय सरकारदेखी संघिय सरकारले राहत दिन ढिलाई गरेकोमा आप्पती जनाउदै तत्काल राहत दिनका लागि माग गरे ।
उनले भने आफुले जति पटक चुनाब हारे पनि आफुले जिल्लाका सबै नागरिकहरुको पीडामा साथ दिने प्रतिबद्धता जनाउदै जिल्लामा बाढी र पहिरोमा परी ज्यान गुमाएका २५ जनाका परिवारहरुलाई पनि व्यक्तिगत रुपमा पाँच लाख बराबरको राहत दिने घोषणा गरे । बर्षायाम लागेसँगै जिल्लाका बिभिन्न ठाँउमा गएको बाढी र पहिरोमा परी ज्यान गुमाएका १८ जना र वेपत्ता भएका ७ जनाका परिवारहरुलाई राहत दिने बताए । कार्यक्रममा नेपाली कांग्रेसका पार्टी सभापती हर्षबहादुर बम, प्रदेश खका पार्टी सभापती दमनबहादुर शाही, प्रदेश कका पार्टी सभापती संकर प्रसाद उपाध्यायले टिप्पर दुर्घटनाका पीडित परिवारलाई राहत दिन ढिाई गरेकोमा आप्पती जनाउदै अब तत्काल राहत दिन कांग्रेसले दबाब दिने बताए ।
पीडितहरुद्धारा राहतमा ढिलाई भएको गुनासो
राहत बितरण कार्यक्रममा पीडितहरुले सरकारले मृतक परिवारहरुलाई प्रति व्यक्ति १० लाख, घाईतेको उपचार र नदीमा बगेको सम्पतीको क्षेती पुर्ति दिने आस्वासन दिएपनि ढिलाई गरेको बताए । उनीहरुले जेठ २८ गते भएको दुर्घटना तीन महिना बित्न लाग्दा पनि आफुहरुले राहत नपाएको बताए । दुर्घटनामा ज्यान गुमाएका परिवारका आफन्त हसिंह सार्कीले भने, ‘लालिघाट टिप्पर दुर्घटना भएको तीन महिना भयो । रास्कोट नगरपालिका र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आस्वासन मात्र दिए । अहिलेसम्म राहत पाएका छैनौँ । टिप्पर चालक र लालिघाटमा ड्यूटीमा खटिएका प्रहरीको गम्भीर लाप्रबाहीका दुर्घटना भयो । भारतबाट घर फर्किएका आफन्तहरु घर जान पाएनन् । सरकारले गरेको बाचा अनुसारको राहत समयमै बाँडेको भए पनि पीडितहरुको घाउमा केही मलक लाग्थ्यो । राहत दिन ढिलाई गरेर निको भईसकेको घाउमा मलम लगाउनुको के अर्थ होला ।’ उनले अब पनि राहत नपाएपछि आफुहरु आन्दोलन गर्न बाध्य हुने बताए ।
दुर्घटनामा गम्भी घाईते भएर काठ्माण्डौ गई उपचार गरेर बैसाखीको घर अदालतमा तारिख बदल्न आएका मीन सार्कीले सरकारकै लाप्रबाहीले आफन्तहरु गुमाएको र आफु अपांग भएको पीडासँगै राहत दिन पनि ढिलाई गरेर थप पीडा दिएको बताए । उनले भने, ‘घटनाको बिषयमा निश्पक्षे छानबिन गर्नका लागि छानबिन समिति बनाएर छानबिन गर्ने पनि सहमती भएको थियो । न छानबिन समिति बन्यो । न पीडित परिवारलाई राहात नै । नगरपालिकाबाट आस्वासन मात्र पाईयो । मुख्यमन्त्रीले पनि आस्वासन मात्र दिनुभयो ।’ दुर्घटनामा सक्त घाईते भएकी निस्पता सार्कीका श्रीमान गोबिन्द सार्कीले भने, ‘टिप्पर दुर्घटनामा मैले मेरो जिन्दगीको सहारा गुमाए । पाँच महिनाको नाबालक छोरा टुहुरो भयो । सरकारबाट न न्याय पाईयो । न राहत नै पाईयो । अब अदालतबाट न्याय पाउने आशा लागेको छ ।’
यता रास्कोट नगरपालिका प्रमूख प्रशासकिय अधिकृत प्रेमप्रसाद आचार्यले टिप्पर दुर्घटनामा ज्यान गुमाएका परिवारहरुलाई किरिया खर्च बापत प्रति परिवार ५० हजार उपलब्ध गराएको र बाँकी १० लाख राहत नगरसभाबाट पारित भईसकेको जानकारी दिए । उनले भने, ‘टिप्पर दुर्घटनामा ज्यान गुमाएकाका परिवारहरुलाई १ण् लाख राहत दिने नगरसभाले निर्णय गरिसकेको छ । यो आर्थिक बर्षमा उपलब्ध हुन्छ । अहिले खाता नै बन्द छ । कोलेनिकाले अख्तियारी दियो भने राहत बितरण हुन्छ ।’