| ३ भाद्र २०७७, बुधबार ११:१३
दैलेख– दैलेखको भगवतीमाई गाउँपालिका ५ मा अविरल वर्षातका कारण पानी चुहिएर घर भत्कदा एक जनाको मृत्यु भएको छ । घरले च्यापेर ५५ वषिया बलबहादुर रावतको मृत्यु भएको हो । अहिले बेस्तडा प्रहरी चौकीबाट असई राजेन्द्र खड्काको टोली घटनास्थलमा पुगेको छ । घर पूर्ण रुपमा क्षतिग्रत भएको प्रहरीले जनाएको छ । उद्धारका लागि स्थानीय र प्रहरी सक्रिय भएर खटिएको जनाईएको छ । वर्षातले घर भत्किदा एक जनाको मृत्यु भएको उद्धार कार्य भईरहेको वडाअध्यक्ष कृष्णबहादुर शाहीले बताए।