नविन शाही सुर्खेत । दैलेख ठाटीकाँध गाउँपालिका ३, की लक्ष्मी विक गत साउन २८ गतेदेखि प्रदेश अस्पताल सुर्खेतमा भर्ना भईन् । उनी अस्पतालको कोठा नम्बर ११ को वेड नम्बर १ मा छन् । घर नजिकैको भीरबाट लडेर उनको साउन २७ गते देब्रे हातको नाँडीबाट भाँचियो । जसको कारण शरिरको फियो समेत फुटेको छ ।
दैलेखमा उनको उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत सुर्खेत ल्याइएको थियो । साउन २८ गते विहान देउती अस्पतालमा भर्ना गराइएकी उनलाई उपचारमा खर्च धेरै लाग्ने भएपछि सुलभ उपचारको लागि प्रदेश अस्पताल पु¥याइएको उनका दाजु योगेन्द्र कुमार सूजीले बताए ।प्रदेश अस्पतालमै सबै उपचार हुनेभएपछि निको भएर घर फर्किने विश्वासमा अस्पतालको बेड कुरेर बसेका उनका दाजुबहिनीमा अस्पतालको लापर्वाहीका कारण त्यो विश्वास टुट्दै आएको छ । उनको उपचारमा हालसम्म करिब ६० हजार खर्च भैसकेको छ ।
हातको नाडी भाँचिदा ब्लड जाम भएको थियो जसको कारण फियो फुटेर पेटमा समेत ब्लड जाम भयो । उनको उपचारको लागि ‘एच आई बी पेनुमोरा, मिनिङ्गोकक भ्याक्सिनेशन’ नामक इन्जेक्सन लगाउनुपर्ने अस्पताल स्रोतको भनाई उदृति गर्दै उनका दाजु सूजीले जानकारी दिए । अस्पतालले यो भ्याक्सिन आफुहरु (प्रदेश अस्पतालमा)सँग नभएकोले बाहिरबाट मगाउनुपर्ने हुन्छ । यसका लागि लाग्ने खर्च पाँच हजार रुपैयाँ तपाई (विरामी)ले तिर्नुपर्ने हुन्छ । तपाई ढुक्क हुनुहोस् उपचार हुन्छ’ अस्पतालको भनाई उदृत गर्दै सूजीले दुल्लूखबरसँग भने, ‘अहिले विरामीको अवस्था क्रिटिकल बन्दै गएको बेला अस्पतालले यो भ्याक्सिन हामी उपलब्ध गराउन सक्दैनौं । तपाई आफैले ल्याउनुहोस् । तपाईले भ्याक्सिन ल्याएपछि हामी लगाईदिन्छौं नभए विरामीलाई केही भए हामी जिम्मेवार छैनौं ।
अस्पतालले विरामीको उपचार गर्दा अन्तिम अवस्थामा गैरजिम्मेवारी कुरा गरेको उनको भनाई छ ।
‘कोरोना महामारीको अवस्थामा जताकतै निषेधाज्ञा जारी छ । यस्तो अवस्थामा हामीले कहाँबाट कसरी भ्याक्सिन ल्याउन सक्छौं र !’ सूजीले भने, ‘यदि अस्पतालले अन्तिममा आफुले सक्दैन भन्नु भन्दा समयमै भनेको भए हामीले केही उपाय गथ्र्यौं । यो अस्पतालले हामीलाई उपचारको अभावमा अस्पतालकै वेडमा मार्न खोजेको महसुस भैरहेको छ ।
लक्ष्मीको मंगलबार १२ बजे हातको अप्रेशन भएपछि अवस्था सामान्य रहेको सूजीले जानकारी दिए ।
यता, प्रदेश अस्पताल स्रोत यसबारे सम्पर्कविहीन बनेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्कासँग पटक–पटक गरिएको टेलिफोन सम्पर्कमा फोन नउठ्दा अस्पताल यसबारे सम्पर्कविहीन बनेको हो ।