☰ open Loading... 16 November 2024|  

दैलेखका घाइतेहरुको १७ घण्टापछि हेलिकप्टरबाट उद्धार
  | ३ भाद्र २०७७, बुधबार २०:२०

 

पंखबहादुर शाही
भदौ ३, दैलेख । मंगलबार राती पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–४ गैरागाउँमा गएको पहिरोमा परेका तीन जना घाइतेहरुको करिब १७ घण्टापछि हेलिकप्टरबाट उद्धार गरिएको छ ।
उपचारको लागि उनीहरुलाइ नेपाली सेनाकोनाको (एनए ०३८) नम्बरको हेलिकप्टोरबाट स्थानीयतहा र जिल्लान प्रशासनको पहलमा बुधबार बेलुकी साढे ४ बजेतीर सुर्खेत लगिएको हो ।
घाइते ४२ बर्षीय टिकाराम कठायत उनका छोरा १५ बर्षीय सम्शेर कठायत, २३ वर्षका बम्म नेपालीलाई उपचारको लागि हेलिकप्टर सुर्खेत पठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए ।
अरु दुई जना घाइतेहरु ४० बर्षीय धनसरा कठायत र ३४ बर्षीय महेन्द्र शाहीलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार चलिरहेको छ,’उनले भने । उद्धार गरिएका घाइतेहरुको कर्णाली प्रदेश अस्पतालमा उपचार सुरु भएको बताइएको छ ।

उक्त, पहिरोमा पुरिएर टिकारामका कान्छा छोरा १२ बर्षीय बालक जनक कठायत, घर भत्किँदा भगवतीमाई गाउँपालिका–५ कट्टीका ६६ बर्षीय बलबहादुर रावत र खोलाले बगाउँदा नौमूले गाउँपालिका–४ कालिकाका २१ बर्षीय भविलाल बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँका १ बर्षीय बालक लोकेश कठायत पहिरोमा वेपत्ता भएको उनको स्थानीय र प्रहरीले खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज हरिबहादुर ओलीले जानकारी दिए ।