| ४ भाद्र २०७७, बिहीबार १६:३३
यामराज बिष्ट दैलेख – तिजको अघिल्लो दिन आज दुई बजेदेखी ७ गते राती १२ बजेसम्म दैलेख जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कालिकोट, जाजरकोट, अछाम र सुर्खेत सिमा निर्धारण गरेर जिल्ला प्रशासन कार्यालय दैलेखले निषेधाज्ञा जारी गरेको हो ।
अत्यावश्यक बस्तुहरु बाहेक अरु सवै ठप्प हुने गरि विषेधाज्ञा जारी गरिएको जनाईएको छ । तिजमा जमघट बढी हुने भएकाले कोरोना भाइरसको सक्रमण बढ्ने सक्ने सम्भावना भएकाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) तथा संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा तोकिएको हो ।