☰ open Loading... 25 February 2025|  

भदाै १० गतेसम्म कालिकोटमा निषेधाज्ञा
  | ५ भाद्र २०७७, शुक्रबार १७:५९

कालीकोट –जिल्ला प्रशासन कार्यालय कालिकोटले
छिमेकी जिल्ला जुम्ला र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दै गएकोले क जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

तिजमा भिडभाड हुनेभएकोले शुक्रबार राति १२ बजे देखि १० गते राति १२ बजेसम्म पाँच दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए।

कालीकोटमा अहिलेसम्म ७४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये ६६ जना डिस्चार्ज भईसकेका छन् । जिल्ला भर ८जना विभिन्न आइसोलेशनमा रहेका छन् ।