☰ open Loading... 25 February 2025|  

नेपालमा पछिल्लो २४ घण्टामा ११ जना काेराेना संक्रमितको ज्यान गयो
  | ५ भाद्र २०७७, शुक्रबार १८:१६

 

 

काठमाडौं :नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको बताए। देशभर १ महिला र १० जना पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको हाे।

ज्यान गुमाउनेहरूमा काठमाडौँ, मोरङ, पर्सा, सप्तरी, बारा ,चितवन, मकवानपुर, सर्लाही, ललितपुर, दोलखा र प्युठान जिल्लाका रहेका छन्। हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगिसकेको छ।
पछिल्लो २४ घण्टामा देशभर थप ८३८ जनामा कोरोना देखिएको छ।