☰ open Loading... 25 February 2025|  

दैलेखमा काेराेना कहरमा तीजमेला
  | ५ भाद्र २०७७, शुक्रबार २१:४३

 

दैलेख –जिल्ला प्रशासन कार्यालय दैलेखले बिहीबार दिउँसो दुई बजेदेखी ७ गते राती १२ बजेसम्म दैलेख जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कालिकोट, जाजरकोट, अछाम र सुर्खेत सिमा निर्धारण गरेर जिल्ला प्रशासन कार्यालय दैलेखले निषेधाज्ञा जारी गरे पनि दैलेखको भगवतीमाई गाउँपालिका वडाभैरवमा र
महाबु गाउँपालिका वडा नं३बाँसीमा तिज विषेश मेला भएको छ। दैलेख जिल्लामा दिनप्रतिदिन काेराेना संक्रमितको संख्या बढ्दै जादा महाबु गाउँपालिका ,भगवतीमाई गाउँकाे बडाभैरवमा हजारौं महिला दिदिबहिनी ,पुरुष माक्स नलगाएर जमघट भएका थिए।

जिल्ला प्रशासन कार्यालय दैलेखले अत्यावश्यक बस्तुहरु बाहेक अरु सवै ठप्प हुने गरि विषेधाज्ञा जारी गरेको छ। तीजमा जमघट बढी हुने भएकाले कोरोना भाइरसको सक्रमण बढ्ने सक्ने सम्भावना भएकाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) तथा संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम कारबाही गर्ने भनेको छ। काेराेना कहरमा स्थानीय सरकारले र प्रशासनले चासो नदिएका कारण लापरबाही भएको स्थानीयले गुनासो गरेका छन् ।