☰ open Loading... 17 November 2024|  

भ्रमण खर्चमा मात्रै २ करोड ४८ लाख
  | ११ भाद्र २०७७, बिहीबार १२:१८

 

खपंखबहादुर शाही ,दैलेख । कर्णाली प्रदेश सरकारको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतका कार्यालयले २ करोड ४८ लाख २ हजार रुपैयाँ भ्रमण खर्च गरेका छन् । मन्त्रालय मातहतका २५ वटा कार्यालयले गत आर्थिक बर्ष २०७६÷७७ मा अवलोकन भ्रमण खर्च शिर्षकमा उक्त रकम खर्च गरेका हुन् ।
मन्त्रालय मातहतका कार्यालयमध्ये सबैभन्दा धेरै पशुपंक्षी विकास कार्यालयले रकम खर्च गरेको छ । सो कार्यालयले २१ लाख ५२ हजार रुपैयाँ अनुगमन मुल्याङ्कन तथा कार्यक्रम कार्यान्वयन र भ्रमण खर्च शिर्षकमा रकम खर्च गरेको मन्त्रालय स्रोतले बताएको छ । मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार १८ लाख ९९ हजार एकिकृत कृषि प्रयोगशाला सुर्खेतले खर्च गरेको छ भने ,‘१८ लाख ३८ हजार कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रले खर्च गरेको छ ।’चौथो स्थानमा खर्च गर्ने कृषि विकास निर्देशनालय छ । निर्देशनालयले १५ लाख भ्रमण खर्च गरेको छ ।बागवानी विकास केन्द्र दार्मा हुम्लाले ८ लाख ६९ हजार रुपैयाँ भ्रमण खर्च गरेको छ भने जफाल डोल्पा कार्यालयले ७ लाख ३० हजार खर्च गरेको मन्त्रालयले जनाएको छ । यस्तै मन्त्रालय मातहतकै कार्यालय भुमी व्यवस्था तथा सहकारी रजिष्ट्रार कार्यालयले जम्मा १ लाख ४० हजार रकम भ्रमण खर्च गरेको छ । 

 

 

कृषि विकास कार्यालय मध्ये हुम्लामा धेरै मन्त्रालय मातहतको कृषि विकास निर्देशनालय हुम्लाले भ्रमण खर्च वापत सबैभन्दा धेरै रकम खर्च गरेको छ । अन्य जिल्लाको तुलनामा यो कार्यालयले धेरै रकम खर्च गरेको छ । गत आवमा जम्मा ११ लाख ५ हजार खर्च भएको छ भने सबैभन्दा कम कृषि विकास कार्यालय कालिकोटले रकम खर्च गरेको छ ।
कालिकोट कार्यालयले जम्मा ६ लाख १२ हजार खर्च गरेको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार कृषि विकास कार्यालयल जाजरकोटको ९ लाख ५ हजार, डोल्पाले ९ लाख ४ हजार र मुगु कार्यालयको ६ लाख ६० हजार भ्रमण खर्च भएको छ । कृषि विकास कार्यालय सल्यानले ६ लाख ५० हजार, दैलेखको ६ लाख ४९ हजार र जुम्ला कार्यालयको ८ लाख ४९ हजार भ्रमण खर्च रहेको पाईएको छ ।  
पशु अस्पताल मध्ये पनि हुम्ला धेरै

भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको पशु अस्पताल तथा पशुसेवा कार्यालय हुम्लाको भ्रमण खर्च अन्य जिल्लाको तुलनामा धेरै नै देखिएको छ । सो कार्यालयले गत आवमा १२ लाख खर्च गरेको छ भने सबैभन्दा कम जुम्ला कार्यालयले जम्मा ७ लाख रकम भ्रमण खर्च गरेको छ । मन्त्रालय स्रोतका अनुसार पशु–अस्पताल तथा पशु सेवा कार्यालयले दैलेखले ८ लाख ५० हजार, रुकुम पश्चिमले ९ लाख १० हजार, जाजरकोटले ८ लाख र सल्यानले १० लाख ९० हजार रकम भ्रमण खर्च गरेका छन् । साथै सल्यान कार्यालयले ३ लाख रुपैयाँ चियापान खर्च समेत गरेको छ । यस्तै पशु अस्पताल तथा पशु सेवा कार्यालय कालिकोटले ८ लाख ५० हजार, मुगुले १० लाख र डोल्पा कार्यालयले ९ लाख भ्रमण खर्च गरेको मन्त्रालयले जनाएको छ ।