☰ open Loading... 25 November 2020|   बिहिबार, मंसिर ११, २०७७


विद्यालय खाली गर्न माग
  |

 

 

दैलेख -सिजप कर्णाली प्रदेश समितिले कर्णालीका विद्यालयहरुलाई अझै क्वारेन्टीन बनाइएको भन्दै क्वरेन्टीन बनाइएका विद्यालयहरु खाली गर्न कर्णाली प्रदेश सरकारसँग माग गरेको छ । सरकारको गत साउन १२ गतेको निर्णय स्मरण गराउँदै अझैपनि केही विद्यालयहरु क्वारेन्टीनको रुपमा प्रयोग भएकाले विद्यालयहरु क्वारेन्टीन मुक्त बनाई शैक्षिक वातावरण सृजना गर्न समितिले माग गरेको हो ।

आज एक प्रेस विज्ञप्ती जारी गर्दै समितिले सामाजिक विकास मन्त्रालयका सचिव लोक प्रसाद पौडेलको अध्यक्षतामा बैठक बसी विद्यालय भर्ना गर्ने, कक्षागत रुपमा विद्यार्थीहरुको संख्यात्मक रुपमा एकिन गर्ने लगायतका निर्णयहरुको समेत स्मरण गराएको छ ।
सुर्खेतका ४, दैलेखका १ र सल्यान जिल्लाका १ गरि ६ वटा विद्यालय क्वारेन्टीन बनाइएको भन्दै ति विद्यालयहरुलाई तत्काल खाली गर्नुका साथै निर्मलिकरण गरि अविभावक र बालबालिकालाई मनोबैज्ञानिक रुपमा शैक्षिक वातावरण सृजना गर्न सम्बन्धित स्थानीय तह, जिल्ला स्थित स्वास्थ्य सेवा कार्यालय र कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराउदछौ । समितिका अध्यक्ष टीकाराम आचार्यद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

सरकारले गत साउन १२ गते निर्णय गर्दै विद्यालय भवन र आसपासमा क्वारेन्टीन र आइसुलेसन प्रयोग बन्द गर्ने र खाली भएका विद्यालयलाई निर्मलिकरण गरी अध्यनअध्यापन गर्न सक्ने योग्य बनाउने निर्णय गरी स्थानीय तहलाई निर्देशन गरेको थियो । त्यसको पालना गर्न समेत आग्रह गरिएका अध्यक्ष आचार्यले बताउनुभयो ।



प्रकाशित मितिः बिहिबार, भदौ ११, २०७७     10:09:27 PM