☰ open Loading... 16 September 2025|  

पत्रकारलाई कोरोना संक्रमण
  | १२ भाद्र २०७७, शुक्रबार १६:१०

 

यामराज बिष्ट –शुक्रबार दैलेखमा एक जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा कार्यालय, पीसीआर प्रयोगशालामा भएको परीक्षणमा पत्रकारलाई काेराेना संक्रमण देखिएकाे हो।

दैलेखमा दिनप्रतिदिन काेराेना संक्रमणकाे संख्या बढ्दै जादा पहिलो पटक पत्रकारलाई कोरोना देखिएको हाे।
अहिले काेराेना देखिएका ती पत्रकारलाई अहिले सदरमुकामस्थित आइसोलेसन अस्पतालमा राखिएको छ। 

काेराेना संक्रमित पत्रकारलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखका अध्यक्ष चक्र केसीले बताए ।
काेराेना संक्रमण देखिएका पत्रकारको बिहीबार स्वाब संकलन गरिएको थियो।