☰ open Loading... 24 February 2025|  

काेरिया बाट स्वास्थ चाैकीलाई सहयोग
  | १२ भाद्र २०७७, शुक्रबार १८:५६

 

दैलेख,। काेरिया रहेका एक युवाले स्वास्थ चाैकीलाई पिपिई सेट सहयोग गरेका छन ।रोजगारीको शिलशिलामा कोरियामा बस्दै आएका दैलेख नारायण नगरपालिका १० भवानिका बखत बहादुर थापाले वडा नम्बर ५ मा रहेको स्वास्थ्य चौकिलाई ५ थान पीपीई सेट सहयोग गरेका हुन ।

शुक्रबार बिहान त्रिबेणि स्वास्थ्य चौकिमा थापाका बुवा बिण्णु बहादुर थापाले वडाअध्यक्ष लाल बहादुर बस्नेत र स्वास्थ्य चौकिका ईन्चार्ज सदानन्द जैसिलाई संयुक्त रुपमा पीपीई सेट हस्तान्त्रण गरेका हुन् ।



दैलेख जिल्लामा दिनप्रतिदिन काेराेना संक्रमितको संख्या बढ्दै जादा स्थानीयलाई उपचार गर्नमा केही सहयोग होस् भनेर पीपीई सेट सहयोग गरिएको थापाका बुवा बिण्णु बहादुर थापाले बताए ।

स्वास्थ्य चौकिका ईन्चार्ज सदानन्द जैसिले जिल्ला समुदायमा कोरनाको संक्रमितको संख्या बढ्दै जादा पीपीई सेट उपलब्ध भएपछि आफूहरुलाई उपचार गर्नमा सहयोग हुने उनले बताए ।कोरना संक्रमितकाे संख्या बढिरहेका अबस्थामा बैदेशिक रोजगारमा रहेका थापाले स्वास्थ्य चौकिलाई पीपीई सेट सहयोग गरेकाेमा वडा अध्यक्ष लाल बहादुर बस्नेतले धन्यवाद दिदै आउदा दिनहरूमा पनि सहयोग अपिल गरे ।