☰ open Loading... 12 October 2024|  

घेरबार हट्यो तर, किन यस्तो भो ? (पूर्ण पाठ पढ्नुहोस् )
  | २२ भाद्र २०७७, सोमबार १८:१३

 

सुर्खेत -सुर्खेतको बीरेन्द्रनगर ८ शिवमन्दिर नजिक रहेको धर्मराज गौतमको जमिनमा सडक परेको भन्दै नगरपालिकाले जमिनमा लगाएको तारबार भत्काएको छ।नगरपालिकाले आफैले गरेको निर्णय कार्यान्यवन गर्न नस्कदा अहिले आफु समस्यामा पारेको गौतमको भनाइ छ।

वडा नम्बर ८ को ४४२९ कित्ता नम्बरको साढे ९ धुर जमिन २०५९ सालदेखि गौतमको नाममा छ।
नगरपालिकाले आफैले बनाएको गुरुयोजना विपरित सडक निर्माण गर्दा अहिले यस्तो समस्या भएको हो।
गौतमले आफ्नो जमिन नगरपालिकाको मापदण्ड अनुसारनै रहेको भन्दै १० मिटर सडक पछाडी आफ्नो जमिनभएको भन्दै उत्तरतर्फ सडक मिचिएको जिकिर गर्नुभयो।

यसअघि गौतमले जमिन मिचेर बाटोबनेकाले जग्गा हकभोग गर्न पाउभन्दै निवेदन दिएपछि नगरपालिकाले स्थलगत नापजाच गर्दा जमिन गौतमकै भएको निष्कर्ण निकालेको थियो।
नगरपालिकाले २०७६ पुस गते पत्रलेख्दै जमिन गौतमकै भएकाले साविक प्लानिङ अनुसार जमिनको हकभोक गर्न भन्दै गौतमका नाममा पत्र लेखेको थियो।
त्यसपछि नगरपालिकाले गौतमलार्इ अस्थायी घर निर्माणको लागी भन्दै नक्सापासको प्रमाणपत्र समेत दिएको छ।
तर अहिले पुन नगरपालिकाले त्यसक्षेंत्रका स्थानियले कपाउन्डवाल सडकभित्र पर्ने भन्दै निवेदन दिएपछि नगपालिकाले वालभत्काएको छ।
नगरपालिकाले यसअघि २०७२ माघ १० गते ३२८३ नम्बरको चलानीपत्र जारीगर्दै गुरुयोजना विपरी २०५९ सालमा सतह ढल निर्माण भएको भन्दै अव सडक निर्माण गर्दा गुरुयोजनाको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको थियो।

तर त्यो नगरपालिकाको प्रतिबद्धता केबल निबेदनमा मात्र समिति भयो गुरुयोजना कार्यान्यवनमा आएन।
नगरपालिकाले २०७५ जेठ ६ गते १७५५ नम्बरको चलानीपत्र जारीगर्दै सडक कालोपत्रगर्दा गौतमको जमिन छाडेर उत्तरपर्फ ३ मिटर जग्गा छोडेरमात्र सडकपिच निर्माण गर्ने सहमति भएको उल्लेख गरेको छ।गौतमले आफ्नो जमिन भएपनि आफुले उपभोग गर्न नपाएको भन्दै पुनः२०७६ जेठ २९ गते नगरपालिकामा गुरुयोजनाअनुसार प्लानिङ नभएको भन्दै निवेदन दिनुभयो।

त्यपछि नगरपालिकाले २०७६ असार ९ गते ४४२९ नम्मको कित्ता गुरुयोजना अनुसार सतह निर्माण गरेको ठाँउमा मापदण्ड भन्दा विपरित अर्थात गौतमको माग सहित भएको दाबी गर्दै अर्को पत्रसमेत घरधनिलाइ
दिएको छ।
यसरी नगरपालिकाले पटकपटक जमिन आफ्नै भएको भन्दै निर्णय गर्ने गरेपनि अहिले आएर जमिनमा लगाएको तारबार भत्काएको गौतमले गुनासो गर्नुभयो।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले यसअघि पुनर्नापीबाट प्लानिङ अनुसार जमिन गौतमकै भएको भन्दै पत्रलेख्नुभएको थियो।
तर अहिले पुन त्योजमिन गुरुयोजना विपरीत रहेको भन्दै आफुले लगाएको तारबार समेत भत्काएकाले आफुबाध्य भएर मिडियमा आउनुपर्ने उहाँले गुनासो गर्नुभयो।गौतमले पुरानो प्लानिङ अनुसार सडक नबनेकाले अहिले आफु अफठ्यारोमा पारेको भन्दै सत्त तथ्य छानिविन हुनुपर्ने माग गर्नुभयो।

नगरपालिकाको गैरजिम्मेवार निर्णयबाट आफुहरुलार्इ धेरै बर्षदेखि अनबश्यक समस्या हुने भन्दै पिडितले जमिन आफुलाई उपल्बध गराइदिनमाग गर्नुभयो।
पछिल्लो समय नगरपालिकाको दादागिरी शैली अपनाउदा आफ्नो परिवारमा समेत अफ्ठेरो परेको उहाँको भनाई छ।उहाँले त्यसक्षेत्रमा सडक नै बनाउने भएपनि आफुलाई वडा नम्बर ८ कै अन्यकुनै ठाँउमा जग्गा उपलब्ध गराइदिन माग गर्नुभयो।वीरेन्द्रनगरको गुरुयोजना कार्यान्यवन गराउने निकायले नै यसरी गुरुयोजना विपरीतकाम गर्दा नगरबाट आमनागरिकले कस्तो खाल्को अपेक्षाँ गर्ने भन्दै प्रश्न गर्नुभयो।

नगरपालिकाले आफुले गरेको गल्ती तत्काल नसच्याय आफुले कानुनीबाटो समात्ने उहाँको भनाई छ।
यसरी आफूसंग भएको जमिन नगरपालिकाले सडक बनाउने अनि आफ्नो परिवार विच्लीपार्ने कामभएकाले अहिले जमिनकै कारण आफु र आफ्नो परिवार तनाब रहेको उहाँको भनाइ छ।
यता नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले नगरपालिका भित्र अनुमति नलिएर बनाएकाले भत्काईएको बताउनुभो।
उहाँले नगरपालिकाले अस्थायी घर निर्माणको लागी अनुमति दिएको तर जग्गाधनीले कम्पाउन्ड लगाएपछि भत्काईएको जिकिर गर्नुभयो।प्रशासकिय अधिकृत ढकालले लगतकट्रा नगरेर सडक बनाएकाले समस्या भएको भन्दै अन्यस्थानमा पनि यस्तो समस्या रहेको उल्लेख गर्नुभयो।जग्गाको क्षेति पाउने कुरामा अहिले नै आफुले भन्न नस्कने स्पस्ट पार्नुभयो।