☰ open Loading... 24 February 2025|  

छिन्चु बजार सिल
  | २४ भाद्र २०७७, बुधबार १०:१८

 

सुर्खेत, २४ भदौ । सुर्खेतको भेरीगंगा नगरपालिकाले छिन्चु बजार शिल गरिएको छ । कोरोना संक्रमितको संख्या बढेपछि यसअघि जहरे र झिंगनी बजार सील गरेको नगरपालिकाले गरी छिन्चु बजार पनि सील गरेको हो ।
कोरोना भाइरस रोग समुदायमा फैलन सक्ने भएकाले समयमै नियन्त्रण गरी महामारी हुन नदिन छिन्चु बजार सील गरिएको नगरपालिका मेयर भूपेन्द्रबहादुर चन्दले बताए । उनले बजार क्षेत्रमा अत्यधिक भीडभाड बढेको, स्वास्थ्य र सुरक्षाको मापदण्डको पालना नगरेकाले सील गर्नु परेको चन्दको भनाई छ ।

पछिल्लो समयमा बजारका विभिन्न स्थानहरुमा मानिसहरुको अनावश्यक आवतजावत तथा जथाभावी भेला गरेको पाएपछि समुदायस्तरमा कोरोनाको संक्रमण फैलिन नदिन भदौ ३० गते राती १२ बजेसम्मका लागि सील गर्ने निर्णय गरेको चन्दले बताए  ।