यामराज विष्ट
दैलेख – दैलेख बजारमा पटक–पटक गरिएको कालोेपत्रे उम्किदा सडक नै नहर बनेको छ । वर्षदिन पनि नटिक्ने कालोपत्रेले अहिले सडक नहर बनाएको हो । वर्षातको पानीले अहिले कालोपत्रे गरिएको सडकमा नहर बनाएपछि गहिरो खाडल बनेको छ । खाडलले सवारी साधन आगमनमा समस्या पाएको हो । दैलेखबजारको गणेशचौक नजिक हुलाक कार्यालय नजिक वर्षातको पानीले नहर नै बनाएपछि अहिले गहिरो खाल्डो देखीएको छ । नारायण नगरपालिकाले वर्षातले बनाएको छोटो नहर समेत सम्याउन सकेको छैन् । खाडल झन बढ्दो रुपमा फैलिन थालेको छ । त्यही सडक मेयरदेखी अन्य जनप्रतिनिधि दैनिक हिड्छन् । तर, कुनै प्रवाह छैन् । खाडल भर्न ठुलो योजना पनि चाहिदैन् । ईच्छाशक्ति भए छिनभरमै भर्न सकिन्छ । कमिशन र आफना मान्छेलाई काम दिने भए चासो दिन्र्थे तर, वर्षातले पिच नै उम्काएर बनेको खाडल पुर्न बेखवर जस्तै जनप्रतिनिधिहरु भएको स्थानीयहरुले गुनासो गरेका छन् ।
क्याप्सन – नारायण नगरपालिका दैलेखस्थित गणेश चौक नजिक वर्षातले नहर बनाएको सडक । तस्विर ः पश्चिमनेपाल डटकम
दैलेख बजार क्षेत्रमा बनाईएका नाली ब्यवस्थीत नहुँदा पानी सडकमै बग्ने भएपनि नालीमा बगाउन नगरपालिकाले काम गरेको छैन् । १० करोड बढी रकम बजार क्षेत्रमा कालोपत्रे बनाउँदा खर्च भएको छ । पिचको मोटाई स्टेमेटमै कम हुँदा बर्षातले थेक्न नसक्दा पिच वर्षेनी मागी खाने भाँडोको रुपमा रहेको स्थानीयको भनाई छ । जिल्लाकै मृटृका रुपमा रहेको बजारको सडक बेज्यतको कुरा भएको र यहाँबाट जिल्लाले नै शिक्षा लिनुपर्ने अवस्थामा लाजमर्दो रहेको स्थानीय होटल ब्यवसायी शिवराज जैसीले बताए । łबर्षेनी कालोपत्रे हुन्छ, गुणस्तरहिन भएका कारण भत्किन्छ । ब्यवसायी जैसीले भने, सदरमुकामको सडक यस्तो हुँदा अरुले के सिक्ने? स्थानीय बजारको सडक नहर बन्दा समेत रमिते नगरपालिकाका जनप्रतिनिधिहरु नगरका अन्य सडकहरु गाडी चल्न नसक्ने हुँदा समेत मर्मतमा चासो देखाईएको छैन् । वर्षात र अन्य कारणले सडकको कालोपत्रे उम्किएको र मर्मतसम्भार हुने नगरपालिकाले जनाएको छ।