☰ open Loading... 9 October 2024|  

दैलेख बजारको सडक नहर बनेपछि
  | ७ आश्विन २०७७, बुधबार १२:४७

 

यामराज विष्ट
दैलेख – दैलेख बजारमा पटक–पटक गरिएको कालोेपत्रे उम्किदा सडक नै नहर बनेको छ । वर्षदिन पनि नटिक्ने कालोपत्रेले अहिले सडक नहर बनाएको हो । वर्षातको पानीले अहिले कालोपत्रे गरिएको सडकमा नहर बनाएपछि गहिरो खाडल बनेको छ । खाडलले सवारी साधन आगमनमा समस्या पाएको हो । दैलेखबजारको गणेशचौक नजिक हुलाक कार्यालय नजिक वर्षातको पानीले नहर नै बनाएपछि अहिले गहिरो खाल्डो देखीएको छ । नारायण नगरपालिकाले वर्षातले बनाएको छोटो नहर समेत सम्याउन सकेको छैन् । खाडल झन बढ्दो रुपमा फैलिन थालेको छ । त्यही सडक मेयरदेखी अन्य जनप्रतिनिधि दैनिक हिड्छन् । तर, कुनै प्रवाह छैन् । खाडल भर्न ठुलो योजना पनि चाहिदैन् । ईच्छाशक्ति भए छिनभरमै भर्न सकिन्छ । कमिशन र आफना मान्छेलाई काम दिने भए चासो दिन्र्थे तर, वर्षातले पिच नै उम्काएर बनेको खाडल पुर्न बेखवर जस्तै जनप्रतिनिधिहरु भएको स्थानीयहरुले गुनासो गरेका छन् ।

क्याप्सन – नारायण नगरपालिका दैलेखस्थित गणेश चौक नजिक वर्षातले नहर बनाएको सडक । तस्विर ः पश्चिमनेपाल डटकम

दैलेख बजार क्षेत्रमा बनाईएका नाली ब्यवस्थीत नहुँदा पानी सडकमै बग्ने भएपनि नालीमा बगाउन नगरपालिकाले काम गरेको छैन् । १० करोड बढी रकम बजार क्षेत्रमा कालोपत्रे बनाउँदा खर्च भएको छ । पिचको मोटाई स्टेमेटमै कम हुँदा बर्षातले थेक्न नसक्दा पिच वर्षेनी मागी खाने भाँडोको रुपमा रहेको स्थानीयको भनाई छ । जिल्लाकै मृटृका रुपमा रहेको बजारको सडक बेज्यतको कुरा भएको र यहाँबाट जिल्लाले नै शिक्षा लिनुपर्ने अवस्थामा लाजमर्दो रहेको स्थानीय होटल ब्यवसायी शिवराज जैसीले बताए । łबर्षेनी कालोपत्रे हुन्छ, गुणस्तरहिन भएका कारण भत्किन्छ । ब्यवसायी जैसीले भने, सदरमुकामको सडक यस्तो हुँदा अरुले के सिक्ने? स्थानीय बजारको सडक नहर बन्दा समेत रमिते नगरपालिकाका जनप्रतिनिधिहरु नगरका अन्य सडकहरु गाडी चल्न नसक्ने हुँदा समेत मर्मतमा चासो देखाईएको छैन् । वर्षात र अन्य कारणले सडकको कालोपत्रे उम्किएको र मर्मतसम्भार हुने नगरपालिकाले जनाएको छ।