| १२ आश्विन २०७७, सोमबार १३:५९
दैलेख -माओवादीद्धारा हत्या गरिएका तत्कालित नेपाली काँग्रेसका क्षेत्रिय सभापती पूर्णबहादुर भण्डारीको आज १९ औं स्मृति दिवसको अवसरमा भार्वपूर्ण श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । दुल्लुनगरपालिकाको बालेश्वर मन्दिर छेउमा पूर्ण स्मृती पार्कमा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला तथा क्षेत्रिय, पालिकाका नेताहरु सहभागी भएका थिए । पार्क नजिकै लगेर नेता भण्डारीको निर्ममता पूर्वक घाटी रेटेर हत्या तत्कालिन माओवादीले गरेका थिए । हरेक वर्ष यहाँ श्रद्धाञ्जली कार्यक्रम हुने गर्दछ । स्मृतीमा भलिवलदेखी अन्य कार्यक्रम समेत हुने गरेको छ ।