| १२ आश्विन २०७७, सोमबार १८:३६
दैलेख -दैलेखको गुँरास गाँउपालिका –८ गर्चामा घर भएका १३ वर्षका बालकलाई सोही ठाउँमा बस्ने २६ वर्षकी महिलाले बाल यौन दुब्र्यवहार गरेको आफन्तले जनाएका छन् ।
बाल यौन दुब्र्यवहार गरेको खवर प्रहरीलाई पुगेपछि निज महिलालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । महिलालाई बालबालिका सम्बन्धी कसुर (बाल यौन दुब्र्यवहार) शिर्षकमा मुद्दा दर्ता गरि जिल्ला अदालत दैलेखमा पठाएको प्रहरीले जनाएको छ । ११ गते अदालतबाट म्याद थप भएपनि अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।