यामराज विष्ट दैलेख–रेडक्रसले काेराेना संक्रमित भइ निकाे भएका जेष्ठ नागरिक, सुत्केरी ,अति विपन्न परिवारलाई खाद्यन्न सहयोग गरेको छ ।
नगरपालिका भित्रका २५घरधुरी गरिब तथा अति विपन्न समुदायलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दैलेखले खाद्यन्न सहयोग गरेको हो ।
नेपालमा काेराेरा भाइरसले गर्दा मानिसको जीवन अस्तव्यस्त बनाएकाे छ।नारायण नगरपालिकाका भित्र रहेका काेराेना संक्रमित भइ निकाे भएका विपन्न परिवारलाई ,जेष्ठ नागरिकलाई हामीले गरेको सहयोगले केही राहत हाेस् भन्ने उदेश्यले खाद्यान्न सहयोग गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दैलेखका सभापति खेमराज केसी बताए ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दैलेखले प्रतिपरिवार ३०केजि चामल ,२केजि दाल,नुहाउने साबुन र कपडा धुने साब वितरण गरिएको जनाईएको छ।
यस्तै खाद्य संस्थान दैलेखका कार्यालय प्रमुख रण बहादुर एेरीले गरिब विपन्न परिवारलाई समस्या परेको बेला रेडक्रसले खाद्यन्न सहयोग गरेको भन्दै खुसी ब्यक्त गरे ।
रेडक्रसले याे भन्दा पहिले भुकम्प, बाढी पहिरो लगायतका जोखीमहरु ब्यहोदै आएका समुदायमा पुगेर सहयोग गर्ने गरेको छ । जिल्लामा जोखिममा परेका समुदाय तथा परिवारलाई वर्षेनी विभिन्न सहयोग गर्दै आएको छ।





