☰ open Loading... 30 December 2024|  

मध्यस्तकर्ता भर्चुअल तालिममा
  | १३ आश्विन २०७७, मंगलवार १८:१४

सुर्खेत – न्यायिक समिति र मध्यस्तकर्ताहरुका लागि एक दिने तालिम सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो ।
भर्चुअलमार्फत तालिम गरिएको थियो ।
उक्त तालिममा न्यायिक समितिले गरेका प्रयास र भएका चुनौतीका विषयमा वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकाल, न्याय सम्पादनमा न्यायिक समिति र मध्यस्तकर्ताको भूमिका र अधिकारका विषयमा कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विध्याभूषण मानन्धर र हिंसा न्यूनीकरणमा इन्सेक र निगरानी समूहले गरेका कार्यका विषयमा अधिवक्ता गीता कोइरालाले सहजीकरण गरेका थिए । तालिममा वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडाका न्यायिक समितिका संयोजक र मध्यस्तकर्ताहरुको सहभागिता रहेको इन्सेक सुर्खेतका प्रतिनिधि दुर्गा थापाले जानकारी दिए ।

कार्यक्रमका सहभागीले न्यायिक समितिले क्षेत्राधिकार र अधिकारका विषयमा स्पष्ट नहुँदा न्यायिक समितिले प्रभावकारी काम गर्न नसकेको बताएका थिए ।