सुर्खेत असोज १६-पछिल्लो समय कर्णालीमा मोटरसाइकल तथा स्कुटर चढ्नेहरुको संख्या बढ्दो छ। कर्णाली प्रदेशको राजधानीसहित मुख्य बजारदेखि गाउँसम्म मोटरसाइकल दैनिक आवश्यकताको साधन बनिसकेको छ ।
कामकाजी व्यक्तिदेखि लिएर व्यवसायीलाईसम्म मोटरसाइकल नभइ नहुने भइसकेको कारण मोटरसाइकल प्रयोगकर्ताको संख्या दिन प्रतिदिन बढ्दो छ । कर्णालीमा बजाजका मोटरसाइकल लोकप्रिय बढ्दै गएको छ । बजाजले विभिन्न आर्थिकस्तर भएका र विभिन्न रुचि भएका ग्राहकलाई मध्यनजर गर्दै धेरै प्रकारको मोटरसाइकल बजारमा ल्याएको छ ।
यसैक्रममा बजारले कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा बजाज एभेन्जर मोटरसाइकलको लन्च गरेको छ । असिम अटो पार्टसले सुर्खेतलगायत कर्णालीका जिल्लामा बिक्रीवितरण गर्ने छ । सुर्खेत उद्योग वाणिज्य संघ धनबहादुर रावतले रिवन काटेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष रावतले पछिल्लो समय मोटरसाइकल अनिवार्य बनेको बताए । त्यसै असिम अटो पार्टसका सञ्चालक लक्ष्मण कँडेलले बजाज एभेन्जर मोटरसाइकल लामो दुरीका लागि यति उपयोगी भएको बताए ।