गोविन्द केसी÷यामराज विष्ट
दैलेख – नारायण नगर पालिका दैलेखमा विद्यालय नर्सिङ कार्यक्रम अन्र्तगत लिखित परिक्षामा सेटिङ मिलाएर परिक्षा लिएको र भागबण्डामै नर्सिङ छनौट भएको आरोप लागेको छ । कर्मचारी र जनप्रतिनिधिहरुको भाग भागबण्डामा नर्सिङ स्टाफ छनौट भएको आरोप लागेको हो ।
नारायण नगरपालिकामा १० जना छनौट भएको थियो । ४२ जनाले आवेदन दिएका थिए । लिखित परिक्षामै कर्मचारी र जनप्रतिनिधिको मिलोमत्तोमा आफ्ना परिक्षार्थीलाई प्रश्न आउट गरेर परिक्षा लिएको समेत आरोप नगरपालिकाभित्र कर्मचारी र स्थानीयले गरेका छन् । लिखित परिक्षामा १३ जना परिक्षार्थीको नाम प्रकाशित गरिएको थियो त्यसमा १० जनालाई छनौट गरिएको जनाईएको छ । लिखितमा नाम निकालेपछि विवाद हुन्छ भनेर धेरै परिक्षार्थीलाई लिखितमै फेल गराईयो । एक स्थानीयले भने, विवाद नहुने गरि १३ जनालाई नाम निकालेर भागबण्डामै छनौट भयो । मेयर र उपमेयर लिखित परिक्षामा प्रश्न तयार हुदाँदेखी नै बसेका थिए । श्रोतका अनुसार नगर प्रमुखले २ जना, प्रदेश सांसद अम्मरबहादुर थापाले २ जना, उपमेयरले २ जना, नगरको शिक्षा शाखा प्रमुख हिमालयजंग शाहले १ जना र निमित्त प्रमुख प्रशासकिय अधिकृतले १ जना गरि ८ जना भागबण्डामा राखेको आरोप लागेको छ । अन्य दुई जनाको खुलेको छैन् । परिक्षामा विषय विशेषज्ञ डाक्टर जगत थापा, स्वास्थ्य शाखा प्रमुख नगेन्द्र हमाल र प्रमुख प्रशासकिय अधिकृत रेशमबहादुुर बुढा लिखित तथा मौखिक परिक्षामा सहभागी थिए । छनौट सकेर उनीहरु आज (शनिवार) तालिम समापन हुन्दैछ ।
क्याप्सन – नारायण नगरपालिका । तस्विर ः पश्चिमनेपाल डटकम
नगरपालिकाभित्रका ९ माध्यमिक विद्यालय र एउटा निमावीमा गरि १० विद्यालयमा रही वडाभित्रका प्राथामिक विद्यालयमा समेत हेर्ने गरि नर्स (सुब्बा सरह) सेवा पाउने छन् । कर्मचारी र जनप्रतिनिधिहरुले परिक्षा कसैको दवावमा नभएर स्वतन्त्रपूर्वक भएको दावी गरेका छन् । आफ्ना मान्छेहरु उर्तिण नभएको आवेकमा केही मान्छेहरु विरोधमा लागेको निमित्त प्रमुख प्रशासकिय अधिकृत रेशमबहादुर बुढाले बताए । छनौटबारे बाहिर भएको विरोधजस्तो सत्यता छैन् । बुढाले भने, जिल्लाभित्र र बाहिरबाट आउनेलाई नम्वर फरकफरक थियो । निष्पक्ष परिक्षा भएको छ त्यसमा शंका गर्ने ठाउँ छैन् ।