| १७ आश्विन २०७७, शनिबार २०:०३
सुर्खेत, असोज १७-विश्वभरि फैलिएको कोभिड-१९ अर्थात् कोरोना भाइरसका कारण शनिबार कर्णालीमा थप एकजनाको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका-६, कि ७२ वर्षीया धनसरा दर्लामीको मृत्यु भएको हो ।
दमको सिकित्स बिरामी उनलाई बिहीबार प्रदेश अस्पताल पुर्याइएको थियो । ‘सिकिस्त बिरामी हुनुहुन्थ्यो,’ प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले भने, ‘उहाँको आइसियुमा राखेर उपचार गरेका थियौं ।’ उपचारका क्रममा कोरोना परीक्षणका लागि शनिबार बिहान स्वाब निकालिएको र परीक्षणको नतिजा नआउँदै धनसराको शनिबार दिउँसो मृत्यु भएको डा. खड्काले बताए । १५ गते दुईजनाको मृत्यु भएको थियो । योसँगै कर्णालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या नौ पुगेको छ । योसँगै कर्णालीमा कोरोना भाइरसबाट तीन हजार सात सय ८० जना संक्रमति भएका छन् ।