☰ open Loading... 13 October 2024|  

नाैमुले बासीले गाँउमै पाए एम्बुलेन्स सेवा
  | १८ आश्विन २०७७, आईतवार १०:४८

दैलेख । नौमुले गाउँपालिकामा दुई वटा एम्बुलेन्स ल्याइने भएको छ । जिल्लाका धेरैजसो स्थानीय तहहरुले यसअघि नै एम्बुलेन्सहरु सञ्चालन गरिसकेको भएपनी नौमुलेमा उक्त सेवा सुरु गरिएको थिएन । तर, यसअघि बिरामिहरुको अबस्था हेरी गाउँपालिकाकै गाडीबाट सेवा दिइदै आएको बताइएको छ ।

स्थानीय जनताको माग र चाहनालाई ध्यानमा राखी तत्काल दुई वटै एम्बुलेन्स संचालनमा ल्याउन लागिएको गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरले जानकारी दिए । तत्काल उपचारको लागि जनतामुखि एम्बुलेन्स सेवा दिनेअध्यक्ष बुढाले बताए ।

जनताको सेवाको लागि ल्याउन थालेका हौं जनताकै आबश्यकतामा प्रयोग गरिनेछ । कठिन अबस्थाका बिरामिहरुको लागि गाउँपालिका कै गाडी प्रयोग गर्दै आइएको भएपनी कहिले काहीँ त्यो सेवा दिन नसक्दा बिरामीलाई समस्या हुने र निजि गाडी प्रयोग गर्दा भाडा महङ्गो पर्ने हुँदा बिरामिलाई समस्या देखिएकोले अब एम्बुलेन्स ल्याएपछी त्यो समस्या समाधान हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताए । बिरामिको आर्थिक अबस्था र भौगोलिक दुरिको आधारमा सुहाउँदो भाडा निर्धारण गरेर सेवा दिइने पनि उहाँले जानकारी बताए  ।

एकैपटक दुइवटा एम्बुलेन्स आउन थालेको खबरले नौमुलेवासी खुसी भएको गाउँपालिकाका रोजगार संयोजक सन्दीप बिकले बताए  ।