☰ open Loading... 20 November 2024|  

सत्तामा बसेकाले ६ महिना भित्र कुदुमा खानेपानी पुर्याउन नसके म पुर्याउछु ’– नेता शाह
  | २० आश्विन २०७७, मंगलवार १२:१३

 

जाजरकोट -‘म भाषण गर्न आएको होइन । तपाईहरुका पीरमर्का, समस्या के छन् सुन्न आएको हुँ । आज समस्या राख्ने ÷बोल्ने पालो तपाईहरुको’ भनेर नेपाली काँग्रेसका नेता राजिव विक्रम शाहले भनेपछि भेरी नगरपालिका १३ कुदुकी एक स्थानिय बृद्ध महिलाले भनिन् –‘अरु सवै ठिकै छ । पानीको समस्या कहिल्यै समाधान नहुने भयो । हाम्रा दुःखका दिन कहिल्यै नजाने भए । आएको बजेट सवै खाइसके खानेपानी बनाउँदैनन् । सधै भेरीको दुषित पानी सेवन गर्न बाध्य छौ । खानेपानी समस्या समाधान गरिदिनु पर्यो हजुर ।’

पार्टी कार्यकर्ता तथा स्थानिय नागरिक भेटघाटका लागि कुदु पुगेका शाहलाई कुदु बासिले ति महिलाले जस्तै खानेपानी समस्या बारे गुनासो सुनाएका थिए । जवाफमा नेता शाहले भने –‘सरकारी निकायमा अझै पहल गरौ । आएको बजेट सदुपयोग गरौ । स्थानिय देखि केन्द्र सरकार सम्म कम्युनिष्ट सरकार छ । भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती, बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, प्रदेश सभा, संघिय संसदका सदस्य र राष्टिय सभाका सदस्य प्रति लक्षित गदै तपाईहरु सक्नु हुन्न भने सक्दिनौ भन्नोस म गरेर देखाईदिन्छु । कम्युनिष्ट सरकारले आगामी ६ महिना सम्म पनि कुदुमा खानेपानी समस्या समाधान गर्न सकेन भने म आफैले पहल कदमी लिन्छु । जसरी पनि म खानेपानी समस्या समाधान गर्छु यो मेरो बाचा भयो ।’

नेता शाह तीन दिन यता लगातार कार्यकर्ता भेटघाटमा ब्यस्त छन् । भेरी नगरपालिकाका वडा नम्बर ३, ११,१२ र १३ मा आयोजित छुट्टाछुटै कार्यक्रममा नेता शाहले कार्यकर्ताका गुनासा सुनेका थिए । कम्युनिष्ट अधिनायकका विरुद्ध सवै कार्यकर्ता एकजुट हुनु आग्रह गदै नेता शाहले यतिवेला चरम भष्टाचार, वेतिथि, अराजकता र दण्डहिनता बढ्दै गएको बताए । उनले कम्युनिष्ट सरकारले गरेका गलत क्रियाकलापको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिए ।

 

यसैवीच भेरी नगरपालिकाको वडा नम्बर १२ कट्टी गाँउ स्थित दलित बस्तीका दलितले बषौ देखि नाउलाको दुषित पानी पिउँदै आएको जानकारी पाएपछि नेपाली काँग्रेसका कोषाध्यक्ष तथा जिल्ला समन्वय समितिका सदस्य तेजविक्रम शाहले आफ्नो निजी लगानीमा करीब ४० हजार बरावरको इन्टेक बनाईदिने घोषणा गरेका छन् । उनले छिटै आफ्नो घोषणा अनुसार ट्याक्की बनाईदिने जानकारी दिए ।


यसै विच ६ जनाको ज्यान जाने गरी रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनामा पिडित परिवारलाई नेता शाहले भेटघाट गरेका छन् । पिडित परिवारको न्यायका लागि आफु सधै साथमा रहेको नेता शाहले बताए । नवराज लगायतका मृतक परिवारका घरमा पुगेर नेता शाहले आवश्यक परेको खण्डमा थप कानुनी सहायताका लागि ब्यक्तिगत रुपमा अभिब्यक्ताको समेत ब्यवस्था गरिदिने बताएका छन् । पिडित परिवारले दोषीलाई हदै सम्मको कारवाही गरिए मात्र आफुहरुले न्याय पाउने बताएका थिए । नेता शाहले भेटेको भोली पल्ट पिडित परिवारलाई भेट्न गएका बन तथा बतावरण मन्त्री शक्ति बस्नेत सँग भने उनीहरुले आक्रोश पोखेका थिए । पिडित परिवारको आक्रोश र गुनासो शान्त पार्न मन्त्री बस्नेतलाई हम्मेहम्मे परेको थियो । अवस्था तनावग्रस्त हुन थालेपछि मन्त्री बस्नेतले कार्यक्रम छोट्याएर फर्किएका थिए।प्रभाह बाट