☰ open Loading... 9 October 2024|  

गाउँपालिकाका अध्यक्षले आफै एम्वुलेन्स चलाएर ल्याए
  | २० आश्विन २०७७, मंगलवार १४:२०

 

दैलेख-नौमुले गाउँपालिकाका अध्यक्ष भद्रे बुढामगरले बुटवलबाट नयाँ खरिद गरेको एम्वुलेन्स आफै चलाएर गाउँपालिका ल्याएका छन् । गाउँपालिका अध्यक्षले आफै चलाएर एम्वुलेन्स गाँउपालिका ल्याएपछि भब्य रुपमा पुजाआजा र उद्घाटन गरिएको हो ।
नौमुले गाउँपालिकाले नयाँ दुई वटा एम्वुलेन्स खरिद गरेको हो । गाउँपालिकामै एम्वुलेन्स नहुँदा सदरमुकामबाट आउने तथा पालिकामा रहेका जिपबाट विरामी दैलेख सुर्खेत लैजानुपर्ने बाध्यता रहेको थियो । पालिकामै एम्वुलेन्स आएपछि ८ वडामै विरामी लिन जाने गरि सडक तयारी अवस्थामा राख्न अध्यक्ष भद्रे बुढामगरले गाउँपालिकाका प्राविधिकहरुलाई निर्देशन दिए ।

फोटा ः एम्वुलेन्स चलाउँदै नौमुले गाउँपालिकाका अध्यक्ष भद्रे बुढामगर ।

उनले अव वर्षात र हिउँदमा वडा मुकामसम्म एम्वुलेन्स पुग्नका लागि सडक तयारी अवस्थामा राख्नका लागि गाउँपालिकाको खर्च र राजगार कार्यक्रमबाट मानविय शक्ति खटाउन निर्देशन दिए। सवै वडामा एम्वुलेन्स पुग्ने र पालिकामा स्थानीयहरुलाई धेरै भाडाँदरमा संञ्चालन गर्न कार्यविधि छिटै लागु हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद कोईरालाले बताए । रोजगार कार्यक्रम मार्फत सडक मर्मत सम्भार गरि एम्वुलेन्स सवै वडामा तत्काल पुग्ने गरि काम गर्ने नौमुले गाउँपालिकाका रोजगार संयोजक संन्दिप विकले बताए ।