☰ open Loading... 10 July 2025|  

कक्षा१२काे परिक्षा दशैँ पछि हुने
  | २२ आश्विन २०७७, बिहीबार १२:३२

 

काठमाडौं : कक्षा१२ को परीक्षा दशैँ र तिहारबीच लिन सकिने सम्भावनाबारे शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल गरेको छ।

मन्त्रालयका अनुसार लकडाउनमा रोकिएको सबै परीक्षा सञ्चालनका लागि सैद्धान्तिक स्वीकृति दिइसकेको जानकारी दिँदै प्रवक्ता दीपक शर्माले ‘कक्षा ११ को आन्तरिक मुल्यांकन परीक्षाको जिम्मा विद्यालयलाई नै दिइएको बताए ।
समय अनुकूल भएपछि परीक्षा लिँदा हुन्छ। १२ को परीक्षाको विषयमा समय अनुकुल बन्दै गएमा दशैँ र तिहारबीच गर्ने कि भन्नेबारे मन्त्रालयमा छलफल भैरहेको छ, शर्माले बताए ।’