☰ open Loading... 3 March 2025|  

राष्ट्र बैंकले यो वर्ष नयाँ नोट वितरण नगर्ने
  | २६ आश्विन २०७७, सोमबार ०७:३५




 

 

काठमाडौं । यो वर्ष दशैंको अवसरमा नयाँ नोट नेपाल राष्ट्र बैंक वितरण नगर्ने भएको छ।राष्ट्र बैंक , मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।

बैंकले चाडबाडमा सर्वसाधारणका लागि साना दरका नयाँ नोटको सटही व्यवस्थापन गर्दै आएको थियो ।
नेपाल राष्ट्र बैंक, अन्य बैंक तथा वित्तीय संस्थामा काम
गर्ने कर्मचारी समेत संक्रमण बढेको भन्दै नयाँ नोट सटहीका कारण अझ बढी भिडभाड हुने भएकाले नेपाल राष्ट्र बैंकका कुनै पनि कार्यालयबाट नयाँ नोट वितरण नहुने राष्ट्र बैंकले जनाएको छ ।