☰ open Loading... 24 November 2024|  

आयो देब घुघी खुवाउन…
  | २६ आश्विन २०७७, सोमबार १४:२०

नेपालगन्ज ,- थारु कला संस्कृतीको आफ्नै महत्व रहेको छ । हराएका थारु संस्कृतीलाई गित मार्फत म्यूजिक भिडियो बनाईएको छ । थारु गित आयो दब घुघी खुवाउन सार्वजनिक भएको हो ।

थारुहरुका कहिले आफनै भेषभुषा त कहिले आफनै विभिन्न थरिका खानपान जोडिएको हुन्छ । थारु समुदायका सस्कृतीहरुलाई विषयबस्तु बनाएर तयार पारिएको गितको म्यूजिक भिडियो घोघँीको विषयमा तयार पारीयको छ ।

बर्दियाको जगटिया म्यूजिक भिडियोको छायाकंन गरिएको छ । गितले भनेको छ ः झुमा कल हमार घर घोघँी खाई आयो, कसरी खान्छन् यो घोङ्ही, मै सिखाम देम …..।

यस गितलाई निर्देशन सुरज कुसम्मीले गरेका छन् । यसमा आवाज दिएका गायक गायिकाहरुमा राम (आरोह)र समिक्षा अधिकारीको रहेको छ ।

रचना (आरोह) रहेको छ । संगित संयोजन केशव बडुले दिएका छन् । छायांकन रामु चौधरीले गरेको छ भने रेकर्डिङ मारुनी रेकर्डिङ स्टुडियो काठमाडौं भएको हो ।