☰ open Loading... 20 November 2024|  

नागरीक समाजद्धारा स्वास्थ्य संस्थाको निगरानी
  | २९ आश्विन २०७७, बिहीबार २१:२७

 

दैलेख -जिल्ला स्थित नागरीक समाजद्धारा स्वास्थ्य संस्थाको निगरानी गरिएको छ । गुराँस गाउँपालिका वडा नं. ३ मा रहेको सेरी स्वास्थ्य चौकीको विहिवार नागरीक समाजद्धारा सेवाप्रवाहको निगरानी गरेको हो।

नागरीक समाजले सो स्वास्थ्य संस्थाको सेवा निगरानीको मापदण्ड अनुसार सो स्वास्थ्य चौैकीका स्वास्थ्यकर्मी र महिला स्वंयसेविकासँग सेवाको पहुँच, भौतिक पुर्वाधार, लक्षित वर्गका कार्यक्रम, व्यवस्थापन समितीको प्रभावकारीता र सुचना सार्वजनिकिकरण जस्ता विषयमा छलफल गरेको थियो ।
छलफलका क्रममा नीतिगत व्यवस्थामा भएका कुरा सो स्वास्थ्य चौकीमा त्यसको कार्यान्वयनको अवस्थावारे सुचना संकलन गरिएको थियो । सो स्वास्थ्य चौकीमा हाल ९ जना स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत रहेको, महिनामा २ पटक २ स्थानमा खोप केन्द्र र २ स्थानमा गाउँघर क्लिनिक संचालनमा रहेको सुचना प्राप्त भएको थियो । स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधी निशुल्क उपलव्ध हुनुपर्नेमा हाल २० प्रकारका औषधी मात्र उपलव्ध हुने गरेको पाईएको थियो । स्वास्थ्य चौकीका ईन्चार्ज प्रेम भट्टराईले पटक पटक गाउँपालिकासँग स्वास्थ्य चौकीका लागि ३५ प्रकारका औषधी उपलव्ध गराउन माग गरेपनि हाल २० प्रकारका औषधी मात्र हुदैं आएको जानकारी दिए। उनले डेढ घण्टासम्म लगाएर नागरीकहरु सेवा लिन आउने र १० मिनेटभित्र सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए ।

 

नागरीक समाजको अनुगमनका क्रममा सो स्वास्थ्य चौकीमा केहि सुधार गर्नुपर्ने कुराहरु आएको थियो । स्वास्थ्य चौकीमा व्यवस्थित शौचालय, प्रसुती सेवामा खटिने जनशक्तिका लागि वस्ने स्थानको प्रवन्ध, स्वास्थ्य संस्थाको घेरवार, महिला स्वास्थ्य स्वयंसेविकाका लागि प्रोत्साहन कार्यक्रम संचालन गर्न आवश्यक देखिएका अनुगमन टोलीको सुझाव रहेको थियो । साथै स्वास्थ्य चौकीमा प्रयाप्त जनशक्ति, नियमित उपस्थिती, नियमित खोप सेवा र व्यवस्थीत प्रसुती सेवा राम्रो देखिएको गैरसरकारी संस्था महासंघ दैलेखका अध्यक्ष महारुप खत्रीले वताए ।

नागरीक समाज संस्थाका प्रतिनिधी र पत्रकारसहितको नागरीक समाज निगरानी समुहले तुलनात्मक रुपमा सुचकका आधारमा स्वास्थ्य संस्थाको मुल्याँकन राम्रो भएको भन्दै सो स्वास्थ्य चौकीमा सुधार गर्नुपर्ने पक्षका विषयमा सम्वन्धित निकायसँग पहल गर्ने प्रतिवद्धता गरिएको थियो भने नागरीकलाई सेवा दिन जनशक्ति परिचालनलाई निरन्तरता र प्रयाप्त औषधी र स्वास्थ्यकर्मीको क्षमता विकासका लागि दवाव श्रृजना गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।