☰ open Loading... 19 November 2024|  

वर्षदिनभित्र ८ सय ४९ जनाले गरे, ‘बाल विवाह’
  | २ कार्तिक २०७७, आईतवार १८:१७

 

दैलेख – एक वर्षभित्र दैलेखमा ८ सय ४९ वटा बालविवाह भएको तथ्यांक सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय, गाउँ तथा नगरपालिका, वडाहरु लगायतबाट आएको संख्याका आधारमा ८ सय ४९ जनाले विवाह गरेको खुलेको हो ।
गुरासँ गापामा ९६ जना, दुल्लु नपामा ११५ जना, चामुण्डाविन्द्रासैनी नपाले ७१ जना, आठविस नपा १ सय १ जना, नारायण नपा ३७ जना, भैरवी गापा १०० जना, भगवतीमाई गापा ९७ जना, डुंगेश्वर गापा ३१ जना, महावु गापा ४७ जना, नौमुले ७९ जना, ठाँटीकाँध ७५ जनाले बालविवाह गरेको खुलेको हो ।

सामाजिक सेवा केन्द्रले बालविवाह विरुद्धको कार्यक्रम गर्दै आएको छ । उसले यो वर्षभित्र अभियान हुँदाहुँदै पनि विवाह भएको रेर्कड राखेको हो । बालविवाह भएका जोडीहरुलाई विवाहको उमेर पुगेपछि विवाह गर्ने सहमति कागज गरेर बुवाआमालाई जिम्मा लगाउने गरिएको छ ।