☰ open Loading... 9 October 2024|  

मृगौला पिडित भट्टलाई मलेसियाबाट आर्थिक सहयोग
  | ३ कार्तिक २०७७, सोमबार ०६:३२

 

मलेसिया । सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका संरक्षक समिर मल्लको पहलमा बझाङका मृगौला पिडित मनिराज भट्टलाई नेपाली रु ३२८२४ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

सुदुरपश्चिम प्रदेश बझाङ्ग केदारस्यु गाउँ पालिका वडा नम्बर ४ का मनिराज भट्ट लामो समय देखि मृगौला पिडित थिए ।हाल उनलाई काठमाडौं स्थित त्रि वि शिक्षण अस्पताल महाराजगन्जमा आफन्तहरुको सहयोगमा उपचार गरिरहेका छ।

मृगौला पिडित भट्टको परिवारमा आर्थिक रुपमा दयनीय अवस्था भएको कारण विभिन्न ठाउँबाट सहयोग संकलन भए पछि उनलाई थप उपचारको लागि काठमाडौंमा लगिएर उपचार भैरहेको समाजका महा-सचिव डम्बर विश्वकर्माले बताए ।

अभियानका संयोजक समिर मल्लका अनुसार मृगौला पिडित भट्टको श्रीमतीले महिनाको १० हजार तलबको रोजगार भएता पनि उक्त रकमले कोठाको भाडा बुझाउन र दुई छोरा/छोरीलाई खुवाउलाई पनि निकै समस्या खेप्दै आएका परिवारलाई कोभिड १९ अर्थात कोरोनाको कारण त्यहि श्रीमतिको रोजगार पनि गुमेको छ।


पिडितका यि समस्याहरु मलेसिया समाजलाई जानकारी आए लगत्तै समाजका संरक्षक समिर मल्लको संयोजकत्वमा आर्थिक संकलन अभियान सन्चालन गरि रकम हस्तान्तरण गरेको बरिष्ठ उपाध्यक्ष विरेन्द्र धानुकले बताए ।

सुदुरपश्चिमका विभिन्न जिल्लामा विभिन्न कारणले समस्यामा परेका व्यक्तिको साथै परोपकारी कार्यक्रम अन्तर्गत पिडितलाई आर्थिक सहयोग गरेको समाजका अध्यक्ष तुलाराम धामिले बताए ।

सिद्धार्थ बैंकमा कार्यरत रबिन मल्लको विशेष भुमिकामा मृर्गौला पिडित भट्टलाई हस्तान्तरण गरेको समाजका कोषाध्यक्ष कैलाश बोहराले बताए।

यस कार्यमा विशेष सहयोग गर्नु हुने अन्तर्राष्ट्रिय समितिका द. एसिया संयोजक दिनेश खड्का ‘खप्तडि’, मलेसिया समाजका संस्थापक तथा अन्तर्राष्ट्रिय सदस्य टेकबहादुर बुढा, मल्लका क्षेत्रिय अध्यक्ष पदम राज जोशी, र पेनाङ क्षेत्रिय वरिष्ठ उपाध्यक्ष दिपकराज जोशि, लगायत मलेसियामा गठित सम्पुर्ण क्षेत्रिय समितिमा आबद्ध रहेर यस कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग समन्वय गर्ने सम्पुर्णलाई समाजले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको छ ।

यस्तै मानबिय कार्यमा सबैलाई सहभागि , सहकार्य गर्न सम्पुर्णलाई अभियानका संयोजक मल्लले आग्रह समेत गरे।