☰ open Loading... 18 November 2024|  

भोलिदेखि दैलेख सदरमुकाम निषेध
  | ३ कार्तिक २०७७, सोमबार २०:२१

 

 

दैलेख -जिल्लामा दिनप्रतिदिन काेराेना संक्रमितको संख्या बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालय दैलेखले सरस्वती मा.वि., तर्ताङ्ग देखी कलेलचोक, भैसेखोर सम्मकाे बजारक्षेत्र बन्द गर्न निर्देशन दिएकाे छ। सदरमुकाम क्षेत्रभित्रका दैनिक उपभाेग्य बस्तु खाद्यान्न, तरकारी, फलफूल, इन्धन, दुध डेरी, औषधी पसल, एग्रोभेट बाहेकका सम्पूर्ण सेवा, तत्कालका लागि बन्द गर्न जिल्ला प्रशासनले निर्देशन दिएकाे हाे ।



प्रशासनले इन्धन, औषधी पसल र एग्रोभेट बाहेक अन्य अत्यावश्यक वस्तु तथा सेवा प्रत्येक दिन विहान ७:०० बजे देखी ११:०० सम्म सञ्चालन गर्न सुचनामा जारी गरेकाे छ।

जिल्ला संञ्चालनमा रहेका सरकारी कार्यालयहरू, संस्थान, संघसंस्था र बैक तथा वित्तिय संस्थाहरू पनि मिति २०७७/७/४ देखी २०७७/७/१५ सम्म अत्यावश्यक कार्य बाहेकका सम्पूर्ण सार्वजनिक सेवा पूर्ण रुपमा बन्द गरिने भएकाे छ ।सञ्चालनमा रहने अत्यावश्यक सेवा, निजी, सरकारी र सार्वजनिक यातायातले विश्व स्वास्थ्य संगठन र नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका मापदण्डहरु कडाईका साथ पालना गर्नुपर्ने छ।


हालसम्म दैलेख जिल्लामा जम्मा काेराेना संक्रमितहरुको संख्या १२५३ पुगिसकेको छ। १२९ जना सक्रिय संक्रमितहरुको जिल्लाका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा राखी उपचार भइरहेकाे छ ।जिल्लामा ४जनाकाे मृत्यु भईसकेकाे छ।