☰ open Loading... 4 March 2025|  

मृतक बिष्टका परिवारलाई एशियन लाइफ इन्स्योरेन्सकाे सहयोग
  | ४ कार्तिक २०७७, मंगलवार १८:०२

 

दैलेख -एशियन लाइफ इन्स्योरेन्स दैलेख शाखाले मृतक रेशम बहादुर विष्टका परिवारलाई सहयोग गरेको छ।शाखाका प्रमुख डम्मर ढकाल र नारायण नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष टंक बहादुर बिष्टले स्वर्गीय रेशम बहादुर बिष्टका छोरा सन्तोष बिष्ट र सन्देश बिष्टलाई मासिक शिक्षा वृतिका लागि मासिक रु.२०००/- का दरले  १६ वर्ष नपुगे सम्म प्रदान गर्ने र बार्षिक किस्ता पनि कम्पनीले जम्मा गरिदिने बरिस्ठ विग्नेश म्यानेजर केशव शाहीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष टंक बहादुर बिष्टले मृतकी श्रीमती गीता बिष्टलाई चेक हस्तान्तरण गर्दै बिमा कम्पनीले दुख परेको बेला सहयोग गरेकोमा धन्यवाद दिदै ,आगामी दिनमा पनि यस्तै घरदैलोमा पुगेर सेवा प्रदान  गर्न आग्रह गर्दै सबै जनाले बुझेर बचत र सुरक्षाका लागि बिमा गर्नु पर्ने बताए । 

साथै उक्त कार्यक्रममा सहयोगी मनहरुको चौतारी मार्फत देश बिदेश बाट जम्मा भएको रु एकलाख सोर्ह हजार चौतारी अभियानकर्ता प्रेमबहादुर बिष्टले मृतक घरपरिवारलाई हस्तान्तरण गरे । कार्यक्रमको सभाअध्यक्ष टोल विकास संयोजक बिक्रम कुमार बिष्ट ज्युले गर्नु भएकथियो भने संचालन दुर्ग बिष्टले गर्नु गरेका थिए।