☰ open Loading... 18 November 2024|  

वडा कार्यालय भवन निर्माणका लागी जग्गा दान
  | ५ कार्तिक २०७७, बुधबार ०७:२१

दैलेख -भैरवी गाउँपालिका वडा नं ५ स्थाइ रुपमा बसेवास गर्ने स्थानीय राम बहादुर विष्ट¸ लाल बहादुर विष्ट¸ रञ्जित विष्ट¸तिल बहादुर विष्ट¸ भिमबहादुर विष्ट र कर्ण विष्टले गाउँपालिकाको वडा नं ५ को वडा कार्यालयको भवन निर्माणका लागी जग्गा निशुल्क दान गरेका छन । ‘भाडाको घरमा वडा कार्यालय संचालन भइरहेकोले वडा भवन निर्माणको लागि निःशुल्क जग्गा दान गरेका हौ ।’ साविक भैरीकालिकाथुम वडा नं ३¸ ७¸ ८ र ९ सविकको वडाहरु मिलि बनेको ५ नं वडाका स्थानीय जनताले सहज तरिकाले सेवा पाउन भन्ने उद्देश्यका साथ आफूहरुले जग्गा दान गरेको जग्गादाताहरुको भनाइ छ। स्थानीय वडावासीहरुलाई भवन निर्माण गर्दा आर्थिक भार नपरोस् भन्ने उद्देश्यले पारिवारिक सहमतिमा उनीहरुले सोमवार मालपोत कार्यालय दुल्लुमा गइ निशुल्क जग्गा दिइएको वडा अध्यक्ष हेमलाल जैसीले बताए । उक्त जग्गाको स्थानीय मूल्याङ्कन अनुसार रु २३ लाख पर्ने बताइएको छ। गाउँपालिकाको ८० लाख बजेट विनियोजन गरेको वडा कार्यालयअहिले निरन्तर रपमा निर्माण हुदै गइरहेको छ स्थानीय ठेकेदार शान्ती प्रसाद अधिकारीले वडा कार्यालयको लागी दिइएको जग्गा एकदमै मिलेको हुँदा प्राविधिक स्टमेट अनुसारको काम कार्य गर्न सजिलो हुने बताएका छन । कार्यालयको आफ्नै भवन निर्माण भैसकेपश्चात कार्यालयको सामाग्रीहरुको ब्यवस्थापन गर्न सजिलो हुनुका साथै आफ्नो घरभाढाको आर्थिक रकम पनी सार्वजनिक निर्माणतिर खर्च भइ वडाको विकास तथा समृद्धीतिर जाने हुँदा वडा कार्यालय निर्माणका लागी जग्गा दान गर्नेहरुलाइ वडा सचिव अबशेक गुरुङले शुभकामना दीइएका छन ।