| ११ कार्तिक २०७७, मंगलवार १५:२३
अर्घाखाँची : गुल्मीमा जुवा खेल्ने गरेको बेला
जनप्रतिनिधिसहित १२ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वडाअध्यक्ष, निर्माण व्यवसायीलगायत रहेको एक प्रहरी जानकारी दिएको छ। पक्राउ परेका१२जनाकाे प्रहरी अधिकृतले परिचय खुलाउन चाहेनन्।
स्थानीयका अनुसार रेसुङ्गा नगरपालिका-७ का वडा अध्यक्ष मोहन प्रसाद पाण्डे, निर्माण व्यवसायीसमेत रहेका युवा संघका नेता राजु पाण्डे लगायतलाई प्रहरीले नगदसहित पक्राउ गरेको हो।
उनीहरुलाई रेसुङ्गा नगरपालिका-८ तम्घासस्थित एभरग्रीन होटलबाट गएराति पक्राउ गरिएको र उनीहरूको साथबाट ७० हजार नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ।