| १२ कार्तिक २०७७, बुधबार १५:५८
अछाम : रामाराेशन गाँउपालिकाकी उपाध्यक्ष सरस्वती रावलले गाँउपालिकामा तालाबन्दी गरेकी छिन् । गाउँपालिकाकी उपाध्यक्ष रावलले बुधबार गाँउपालिकामा तालाबन्दी गरेकी हुन्।
उपाध्यक्ष रावलले विज्ञप्ति जारी गर्दै तालाबन्दी गरेको जानकारी दिएकी छन्। गाउँपालिका नीतिअनुसार नचलेको र आफ्ना अधिकार समेत खोसिएकाले आफूले तालाबन्दी गरेको विज्ञप्तिमा उल्लेख छ।
गाउँपालिकाका अध्यक्ष झङ्कार साउद र उपाध्यक्षको लामो समयदेखि विवाद छ। दुवैजना तत्कालीन एकीकृत नेकपा माओवादी पार्टीबाट निर्वाचित हुन्।