दैलेख : दिनप्रतिदिन कोरोना भाइरसको जोखिम बढेपछि दैलेखको सदरमुकाम लगायत बिभिन्न ठाउँमा आवतजावतमा समस्या भएको छ। चाडबाडको समयमा मानिसको आवतजावतमा वृद्धिसँगै सदरमुकाम देखि गाउँमा समेत कोरोना संक्रमण पनि बढ्दै गएको छ ।दैलेख सदरमुकाममा कोरोना संक्रमितको संख्या एक सय ५० नाघेपछि आवतजावतमा समस्या भएको हाे ।
यता जिल्ला प्रशासन कार्यालयले १५ कात्तिकसम्म अत्यावश्यक कामबाहेक आवतजावतमा रोक लगाएको छ। जिल्लाका सबै स्थानीय तहका केन्द्र र बजार क्षेत्रमा आवतजावतमा रोक लगाइएको छ ।
घरबाहिर निस्कँदा मास्क नलगाएको भेटिएमा पक्राउ गरिने जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । सदरमुकाममा एक साता यता १४ स्वास्थ्यकर्मी, १५ सुरक्षाकर्मी, तीन सञ्चारकर्मी, २० होटेल व्यवसायी, २० व्यापारी र ७८ सर्वसाधारणमा संक्रमण देखिएको छ । स्वास्थ्यकर्मीले कोरोना संक्रमण समुदायस्तरमै फैलिएको बताएका छन ।
| १३ कार्तिक २०७७, बिहीबार १४:२०