☰ open Loading... 22 December 2024|  

नेपालगजमा जुवाखालबाट ३० लाख बढी जफत, १० जना पक्राऊ
  | १३ कार्तिक २०७७, बिहीबार ०८:५८

नेपालगज उपमहानगरपालिका –४ बसपार्क क्षेत्रमा खेलाईएको जुवाखालबाट प्रहरीले छापा मार्दा ३० लाख बढी रकम जफत गरेका छन् । प्रहरीले पैसासंगै जुवाखालमा रहेका १० जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

३० लाख रकम सहित १० जना जुवाडे नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सुचना अधिकारी हृदय सापकोटाले बताए । यसपालिको दशैंमा बाँके प्रहरीले सवैभन्दा ठुलो जुवाखालमा छापा मारेको हो । श्रोतका अनुसार पक्राउ परेकाहरुलाई कानुनी दायरामा नल्याउनका लागि केही गिरोह सक्रिय रहेको बुझिएको छ । प्रहरीले भने कानुनी प्रकृयामा अघि बढाईने बताएको छ ।

नयाँ मुलुकी अपराध संहिता अनुसार जुवा खेल्ने र चिट्ठा सञ्चालन गर्नेहरुलाई ३ महिना कैंद वा ३० हजार रुपैँयासम्म जरिवाना हुनेछ । त्यस्तै दोस्रो पटकदेखी जुवा खेल्ने वा खेलाउनेलाई १ वर्षसम्म कैद र ५० हजार रुपैँयासम्म जरिवाना लाग्नेछ । त्यसपछि पनि जुवा खेल्ने र खेलाउने गरेमा ३ वर्षसम्म कैंद र १० हजार रुपैँया जरिवाना तोकिएको छ ।