| १३ कार्तिक २०७७, बिहीबार १७:०५
सल्यान — जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लाका १० स्थानीय तहबाट १० हजार ८० लिटर मदिरा बरामद गरेको छ ।चाडपर्वमा कुनै किसिमको अपराधिक गतिविधि हुन नदिन प्रहरीले अवैध मदिरा बरामद गरेको हो ।
दुई हजार आठ सय ६० लिटर घरेलु मदिरा र मदिरा बनाउने सात हजार दुई सय २० लिटरको कच्चा पदार्थ बरामद गरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले बताए ।मदिरा जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको हाे ।