| १३ कार्तिक २०७७, बिहीबार १८:१३
यामराज बिष्ट दैलेख -कर्णाली राजमार्ग दुर्घटनाको उपमा पाएको छ । त्यसमा अहिले सडक हिलाम्मे र धुलाम्मे भएपछि त्यसमा यात्रा गर्न मुस्किल मात्रै छैन् ज्यान जोखिम उस्तै । वर्षातले ठाउँठाउँ सडक छिन्नभिन्न पारिदिएको छ ।
पुल नबनेका साना खोला आसपास मोटरसाईकल होस् या ठुला गाडी चढ्नै हम्मेहम्मे पर्छ । सडक खोलेर मात्रै छोडिदिएको जस्तो छ अहिले कर्णाली राजमार्ग । दर्शक नाध्दा समेत पुलहरु बनेका छैनन् । सडकमै छुने गरि बनाईएको घर टहराले जोखिम अझ बढाएको छ । रारा पुग्न आउनेहरु सडकको अवस्था देखेर विजोक हुन्छन् । पश्चिमनेपाल डटकमले यहाँको फोटो फिचर तयार परेको हो ।