दुई सय ५० क्विन्टल चामलसहित एउटा ट्रक प्रहरीले सुर्खेतस्थित वीरन्द्रनगरको धुलियाबिटबाट नियन्त्रणमा लिएको छ । साविकको कर्णाली पठाउने भनिएको चामल भक्तपुर लिँदै गर्दा प्रहरीले चामलसहित ट्रक नियन्त्रणमा लिएको हो ।
वीरेन्द्रनगरको जुम्ला रोडस्थित दुर्गा भगवती इन्टरप्राइजेजले उक्त चामल भक्तपुर पठाउन लागेको भन्ने सूचनाका आधारमा प्रहरीले चामल र ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।
साविक कर्णालीका जिल्ला हुम्ला, मुगुलगायतका जिल्लामा पठाउने भनिएको दुई सय ५० क्विन्टल चामल र ट्रक धुलियाबिट नजिकैबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (प्रहरी उपरीक्षक) राजेन्द्रप्रसाद भट्टले जनाए । उनका अनुसार केही कागजात पनि नियन्त्रणमा लिइएको छ ।
दुर्गा भगवती इन्टरप्राइजेज पसलको गोदाम प्रहरीले सिलसमेत गरेको छ ।
साविक कर्णाली पठाउने भनिएको चामल भक्तपुरको अभय खाद्यान्न सप्लायर्समा लिइँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।