| १७ कार्तिक २०७७, सोमबार २०:१८
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विभिन्न अस्पताल र होम आइसोलेसनमा रहेका थप २४ जनाको ज्यान गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मृत्यु हुने संक्रमितको कुल संख्या ९ सय ८४ जना पुगेको छ।सोमबार पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ३३ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यसै अवधिमा ३ हजार १ सय ५० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।