☰ open Loading... 9 October 2024|  

जुम्लामा बालिकाको मृत्यु
  | १८ कार्तिक २०७७, मंगलवार १८:४९

पिङ खेल्दै गर्दा डोरी घाँटीमा बेरिँदा जुम्लामा एक बालिकाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-७, भारतीवाडाकी मनिका बुढाको मृत्यु भएको हो ।

आफ्नै घरमा पिङ खेल्ने क्रममा अचानक घाँटीमा पासो लागि उनी गम्भीर घाइते भएकी थिइन् ।

उनको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको थियो । मनिकाको उपचारकै क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।